विहेवारी, २० वर्ष पारि विषयक लैङ्गिक हिँसा विरुद्धको अन्तक्रिया

          |   प्रकाशित मितिः बुधबार, मंसिर २२, २०७३     ::: 700 पटक पढिएको   |  

जीवराज रेग्मी
२२ मंसिर, २०७३, विहेवारी २० वर्ष पारी भन्ने मुल नाराका साथ सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले गाउ विकास समितिको कार्यालय बाँसीमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानका लागि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाविस सचिव, राजनैतिक दल र आमा समूहको उपस्थितीमा सञ्चालित उक्त कार्यक्रममा उमेर नपुगी विवाह गर्ननहुने अधिकाँस सहभागीहरुको भनाई थियो ।

NEws 16 dine campaignअहिले पनि नेपाली समाजमा दिनहु महिला माथि विभिन्न खाले हिँसाहरु भईरहेका छन् । जस्को मुख्य कारण बाल विवाहनै हो । सानो उमेरमा विवाह गर्ने र उमेर ढल्किदै गए पछि विचारमा परिवर्तन आई दाम्पत्य जीवनमा खटपट सुरु हुने गरेको सामाजिक सेवा केन्द्र (सोसेक) का एकिकृत सामुदायीक विकास कार्यक्रम संयोजक निर्मल अधिकारीले बताए । घरवार विग्रिएर सम्बन्ध विच्छेद सम्म पुग्नुका साथै कतिपयको घरवार भए पनि दाम्पत्य जीवन सन्तोषजनक नवितेको अधिकारीको भनाई थियो ।

सानो उमेरमा विवाह गरी बच्चा जन्माउदा महिलाको शरिर कमजोर भई विभिन्न समस्या देखिने गरेको सोसेकका जिल्ला संयोजक मानबहादुर थापाले बताए । कम उमेरमा बच्चा जनमाउदा वा यौन सम्पर्क गर्दा पाठेघर खस्ने, शारिरिक रुपमा कमजोर हुने, अध्ययन पुरा गर्न नसकिने र बाकी जीवन पनि सन्तोषले नवित्ने गरेको थापाको भनाई थियो । उनले थपे, कम उमेरमा विवाह गर्नु हुदैन भन्ने सन्देश विद्यालय देखिनै सिकाउन आवश्यक छ । किश्वर किश्वरीलाई स्वास्थ्य सम्बन्धि शिक्षाले मात्रै बालविवाहमा कमी ल्याउन सहयोग पुग्नेछ ।

२० वर्ष उमेर मुनीको विवाहलाई राज्यले पनि निशेध गरेको गाविस सचिव प्रेम विष्टले बताए । कानुनी रुपमा बन्धेज गरिए पनि जनचेतनाको अभावले गर्दा अहिले पनि वालविवाह रोक्न सकिएको छैन् । कसले कहाँ के गर्छ त्यो जानकारी पनि हुदैन् । कानुनी रुपमा प्रमाण चाहिए पछि गाविसमा आउने लाई विवाह दर्ता नगरी फर्काउने गरिएको सचिव विष्टको भनाई थियो । उनले थपे, कानुन बनाएर मात्रै हुदैन् बाल विवाह रोक्न स्वयं व्यक्ति र घरपरिवार पनि सचेत हुनुपर्छ ।

अहिले समाजमा महिला माथि हुने गरेका अधिकाँस हिँसाहरु विगतमा बालविवाहकै कारण भएको बताउने सामाजिक सेवा केन्द्रको महिला, युवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम बासी गाविसकी सामाजिक परिचालक मिरा स्वर्णकार भन्छिन् लैङ्गिक हिँसा रोक्न र सम्मानित जीवनयापनका लागि वालविवाह रोक्न नितान्त आवश्यक छ ।



Leave a comment

Your email address will not be published.


*