जिल्लामा पहिलो पटक भिडियो सार्वजनिक

जिल्लामा पहिलो पटक भिडियो सार्वजनिक

एच.एस.थापा
दैलेख – जिल्लाका पर्यटकिय क्षेत्रहरुको दृश्य कैंद गरेर निर्माण गरिएको २ वटा म्यजिक भिडियो एक समाहरोहविच सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लवमा भिडियो निर्माण पक्षले एक कार्यक्रम गरि भिडियो सार्वजनिक गरेका हुन् । भिडियो जिल्लाकै कलाकारहरुले बनाएका छन् ।Musik Vedio Reports club  (2) Musik Vedio Reports club  (1)
भिडियोको विशेष समाहरोहमा प्रमख जिल्ला अधिकारी लुकबहादर क्षेत्रीले भिडियो सार्वजनिक गरेका हुन् । जिल्लाका पर्यटकिय क्षेत्रहरुमा सुटिङ गरिएको भिडियो निकै आर्कषक सुन्दरता रहेको छ । पुरुष आईटम र गम्भिर किसिमको फरक फरक स्वादमा गित रहेको छ । निकै मेहेनत गरेर दैलेखमा छाँयाकन गरिएको मोडल तथा गायक अभिषेक अनुरागले बताए । रिसाएकी प्रेमीकालाई फकाउनका लागि फुल टिपी लाई देउ न निरमाया नामक गित र मायाको तिर्खा नमेटिएको गुनासो गरिएको एक बारको चुम्वनले नामक दुई फरक फरक स्वादका गितहरु रहेका छन् । दैलेखकै अग्लो ठाँउ महावु लेकमा भिडियो छाँयाकन गरिएको निर्माण पक्षले जानकारी दिएको छ । भिडियोको दृश्य निकै आर्कषण रहेका टिप्पणीकार पुस्कर थापाले बताए ।
Musik Vedio Reports club  (3)प्रमुख जिल्ला अधिकारीले जिल्लाको पर्यटकिय क्षेत्रलाई उजागर गर्ने गरि म्युजिक भिडियो निर्माण गरिएकाले निकै सुन्दर दृश्यहरु रहेको बताए । सम्भावना धेरै भएकाले जिल्लालाई पर्यटकिय नगरी, फिल्मी नगरी गराउन सवै लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । आगामी दिनहरुमा यहाँका धार्मीक क्षेत्रहरुको प्रचारप्रसार गनुपर्ने सुझाव उनले दिए । म्यूजिक भिडियोमा श्याम विक, अभिषेक अनुराग, उत्तम श्रेष्ठ, विना तामाङ लगायतको टिम सहभागी भएको निर्देशक विशाल संदाशंकरले बताए ।

प्रतिक्रिया