सिर्जनशिल युवालाई सलाम

सिर्जनशिल युवालाई सलाम

दैलेख उमेरले २ दशक पनि ननाघेका गाविस बाँसीका युवा उपेन्द्र बुढा आज भोली दैनिक हुने बैठक, सभा सम्मेलन र छलफलमा व्यस्त हुन्छन् । उनी यस्ता कार्यक्रममा सहभागी हुने मात्र होइनन् जब कार्यक्रम सकिन्छ त्यसपछि उनको दिनचर्या पनि बदलिन्छ । सबै भन्दा पहिला आफु राम्रो हुनु पर्ने र त्यसले सिंगो परिवार र समाज पनि बदल्न सकिने सोच राखेका उपेन्द्र सामाजिक काम बाट फर्के पछि घरायसी कामकाजमा व्यस्त हुन्छन् । उनले समूहबाट १५ हजार ऋण लियर बाख्रापालन व्यवसाय शुरु गरेका छन् भने आफुले खाएर छिमेकमा दिन समेत पुग्ने गरी तरकारी खेती पनि गरेका छन् ।

युवा उघमी उपेन्द्र वुढाको वाख्रापालन व्यवसाय
युवा उघमी उपेन्द्र वुढाको वाख्रापालन व्यवसाय

केही वर्ष अगाडी उपेन्द्रको व्यवहार गाउँका अन्य युवाहरुको भन्दा फरक थिएन् । अधिकाँस ग्रामिण क्षेत्रका युवाहरुको समय व्यर्थैमा वित्ने गरेको छ । उनी पनि त्यही समूहमा पर्थे । सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले महिला युवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम उक्त गाविसमा सञ्चाल गरे पछि उपेन्द्र लगाएतका अन्य युवाहरु सिर्जनशिल कार्यमा जोडिएका हुन । कार्यक्रमले वडास्तरमा बाल क्लव र गाविसस्तरमा युवा सञ्जालको गठन गरेको छ । गाविसस्तरीय ज्वाला युवा सञ्जालका सचिव समेत रहेका उपेन्द्र भन्छन युवाको सकारात्मक सोच र विचारले समाज परिवर्तन गर्न सघाउदो रहेछ । सञ्जालमा प्रत्येक वडा बाट १÷१ जनाका दरले सहभागी छन् भने सञ्जालका सदस्यहरुको क्षमता र नेतृत्व विकासमा पनि कार्यक्रमले उल्लेख्य सहयोग गरेको छ ।
एक वर्ष अघि सञ्जालबाटै १५ हजार ऋण लिएर बाख्रा पालन र तरकारी खेती शुरु गरेका उपेन्द्रले व्यवसायबाट राम्रै आम्दानी भएपछि उक्त रकम फिर्ता गर्ने तयारीमा छन् । सञ्जालमा ३० हजारको घुम्ती कोष छ । उक्त रकमबाट गाउका युवाहरुले ऋण लिएर व्यवसाय गर्ने गरेका छन् । उनले किनेको एक बाख्राले तीन पाठा पाएको छ । लगाएको तरकारी बेचेर मनग्य आम्दानी पनि लिइसकेका छन् । हरेक गाउँमा सँकलन केन्द्र नबनाए सम्म तरकारी खेती गर्नुको कुनै औचित्य नभएको उनले बताए । गत वर्ष उनले उत्पादन गरेको २ क्विन्टल टमाटार विक्रि नहुदाँ त्यत्तिकै गलेको तितो अनुभव सुनाए ।

युवा उघमी उपेन्द्र वुढाको तरकारी खेति
युवा उघमी उपेन्द्र वुढाको तरकारी खेति

युवा सञ्जालले गरेको सामाजिक कार्य हेर्दा साच्चिकै लोभ लाग्दो भएको छ । यहाँका अधिकाँस युवा सञ्जालमा संगठित भएका छन् । उनीहरु हरेक वर्ष वातावरण दिवसको अवसरमा वृक्षारोपण गर्दछन् । उनीहरुको मुख्य उद्धेश्य गाविसस्तरमा युवाको सहभागीता बढाउने र युवालाई विदेश जानबाट रोक्नु पनि हो । यस्ले गर्दा युवाहरुमा नेतृत्व विकास गरेको छ भने अर्काेतिर गाउमा काम छैन भनेर विदेश जानेहरुको लागी उदाहरणीय पनि बनेका छन् ।
सहभागीतामुलक योजना तर्जुमाको माध्यमबाट गाउ परिषदमा सहभागी भई युवा लक्षित कार्यक्रममा बजेट विनियोजन गर्न उनीहरुको भूमिका महत्वपूर्ण बनेको छ । युवाको सक्रियतालाई देखेर खेलकुद कार्यक्रमका लागि गाविसले २० हजार विनियोजन गरेको सञ्जालका अध्यक्ष सुभेन्द्र पोख्रेलले बताए । उनले थप, युवाको लागि खेलकुद कार्यक्रमले एकआपसमा भातृत्व र साथीत्वको भावना विकास गर्दाे रहेछ । जिल्ला बाहिर राजनधानी लगायतका विभिन्न स्थानमा हुने क्षमता विकासका कार्यक्रममा यहाँका युवाको प्रतिनिधित्व भएको पोख्रेलको भनाई थियो । समाज परिवर्तनका लागि लागेका यस्ता सिर्जनशिल युवाहरुलाई सलाम ! जस्ले सकारात्मक सोच र विचार राखी अगाडी बढेका छन् ।
स्थालगत अनुगमन बाट फर्केपछि निर्मल अधिकारी
२२ मंसिर, २०७३

प्रतिक्रिया