राजनैतिक दलको खिचातानीले भवन अन्यौल

राजनैतिक दलको खिचातानीले भवन अन्यौल

अर्जुन शाही
राजनैतीक गुटवन्द्रीका कारण जनज्योती माध्यामिक विद्यालयको ८ कोठे भवन अन्यौलमा परेको छ । जिल्ला शिक्षा कार्यालय दैलेखले जेठ महिनामा सम्झौता गरेको भवन मंसिरको अन्त्य हुदा पनि अझै काम सुरुवात गर्न सकेको छैन । Janajyoti school (2)जिल्ला शिक्षा कार्यालय दैलेखले भवन निर्माण तथा फनिर्चर निमार्णका लागि ६० लाख जेठ महिनामा छुट्याएको हो । नया शिक्षा निति अनुसार विद्यालय व्यवस्थापन समिति गठन गरिनु पर्नेमा राजनैतिक गुटवन्दीका कारण विद्यालय ब्यावस्थापन समितिको को गठन नेै अन्यौलमा परेका परेको छ । श्रावण महिनामा भवन निर्माण कार्य सुरुवात गर्ने पक्का पक्की भएको र सामान खरिदमा सहमति नदेखिएका कारण काम अगाडी बढ्न नसकेको निवर्तमान वि.वि.स. अध्यक्ष लाल व.माझी ले वताउनु भयो । विद्यार्थीको अत्याधिक चाप रहेको यस विद्यालयका विद्याथीैहरु मंसिर पुसको चिसो खुल्ला आकासमा विताउनु पर्ने वाध्यता रहेको छ ।

प्रतिक्रिया