झुलङ्गेपुल वने पछि स्थानीय खुसी

झुलङ्गेपुल वने पछि स्थानीय खुसी

दुर्गा वि.सी
सल्यानको उत्तरी पश्चिमी क्षेत्रमा पर्ने बन्गाडखोलामा यसै वर्षे २ झुलङ्गेपुलको निमार्ण कार्य सम्पन्न भएको छ । सल्यानको मुलखोला गर्चे घाटमा २१ लाख लागतको ५५ मिटर लम्बाई र त्यसै गरि लहरेघाटमा ३४ लाख लागतको ९६ मिटरको झुलङ्गेपुलको काम सम्पन्न भई सुचारु भईसकेको छ । pullदुवै स्थानमा झुलङ्गेपुल निमार्णले १ हजार वढि घरधुरीका स्थानीयलाई सुविधा थपि दिएको छ । पुल नहुदाँ उमावि च्युरा र जय नेपाल निमाविमा वर्षातको समयमा स्कुल पढन आउने विद्यार्थीलाई बन्गाड खोलाले सताउने गरेको थियो । झुलङ्गेपुल बने पछि अव वर्षातको समयमा स्कुले विद्यार्थीलाई राहत हुने उमावि च्युराका प्राचार्य पुर्ण प्रसाद जैसीले वताए । विद्यार्थी र स्थानीयको लागि झुलङ्गेपुल वने पछि वर्षातमा सहज आवत जावतमा सुविधा थपिएको छ ।

प्रतिक्रिया