सामुदायीक संस्थामा पूर्णसरसफाई अभियान

सामुदायीक संस्थामा पूर्णसरसफाई अभियान

मंसिर २६, २०७३, दैलेख , बासी गाविसको वडा नं ३ स्थित शान्ति डाडामा विहान ८ बजे शान्ति डाडा सामुदायीक संस्थाको बैठकका लागी सहभागीहरु आउने क्रम जारी थियो । कोही घरमा खाना पकाउदै थिए त कोही बैठक सकेर खाना पकाउन जाने गरी सदस्यहरु जम्मा हुदै थिए । बैठक हुने स्थानमा गुट्खा, सुर्ति, चाउ चाउ र अन्य कागजहरुको थुप्रो थियो । त्यसैगरी मदिरा का बोतलहरु छरपष्ट रुपमा फालिएका थिए । नजिकै चिया तथा खुद्रा पसल भएकाले फोहर पानि बगिरहेको देखिन्थ्यो ।

अधिकाँस संस्थाका बैठकहरु यसै स्थानमा बस्ने गर्छन् । तर कसैको नजर त्यो फोहर सरसफाईका लागि पुगेन् । गाविसमा विभिन्न अन्य सामाजिक संस्थाका कार्यक्रम पनि सञ्चालन भएका छन् । खुला दिसामुक्त गाविसमा सार्वजनिक स्थानमा भएको फोहर कसैले नदेखेर हो वा चासो नदिएर सरसफाईका लागि कुनै पहल पनि भएन् ।

सामुदायीक संस्थाको बैठक शुरु भए पछि गाउ विकास समितिलाई पूर्ण सरसफाई गर्ने अभियानमा लागि परेका सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका मान वहादुर थापाले आफ्नो घर, आगन, टोल मात्र नभएर सार्वजनिक स्थान पनि सफा राख्नु पर्ने बताए । उनले थपे, तपाई हामी सबै मध्यपान र धुम्रपान गर्छाै ! अब हामीले गरेको फोहर वा प्लास्टिकका झोला सम्बन्धित ठाउमा फाल्नु पर्छ । प्लास्टिक जथाभावी रुपमा फाल्दा मानिसको जिवनमा दिर्घकालिन असर परि विभिन्न खाले रोगले संक्रमण गर्न सक्छन ।
थापाको कुरा सुनि सकेपछि सबै सहभागी सार्वजनिक स्थान सरसफाईका लागि जुटे । उक्त चौतारा वरीपरी भएको सबै प्लास्टिकका टुक्राहरु टिपियो र जलाईयो । चिया तथा खुद्रा पसलका सिंह बहादुर के.सी.ले भने आफ्नो पसल नजिकै भएको सार्वजनिकस्थान सफा राख्नु पर्छ भन्ने हामीलाई जानकारीनै थिएन् । उनले थपे, हामीले गरेको फोहोर तपाईहरुले सफा गरिदिदा असजिलो महसुस भएको छ । अब प्रत्येक पसलको अगाडी फोहोर फाल्ने भाडा राख्छौ र कागजका टुक्रा, मदिराका बोतल जथाभावी फाल्न दिदैनौं ।

घर आगन मात्रै सफा राख्दैमा समुदाय स्वच्छ नहुने मालिका माध्यामिक विद्यालयका शिक्षक बखत बुढाले बताए । खुला दिशामुक्त घोषणाले मात्रै गाविस सफा हुदैन् । अब पूर्णसरसफाईका लागि हाम्रा सार्वजनिकस्थान, धारा, कुवा र चौतारा पनि सफा राख्नुपर्छ । सार्वजनिकस्थान अझै सफा हुन नसकेकोमा उनले दुःख व्यक्त गरे ।

आफ्नो गाउलाई पूर्णसरसफाईका लागि पहल गर्ने संस्थाकी अध्यक्ष शान्ति बुढाले बताईन् । उनले थपिन् हामी सार्वजनिक स्थान, घर, टोल र आफ्नो आगन सफा तथा स्वच्छताका लागि पहल गर्नेछौं । यो अभियानमा संस्थाका सबै सदस्यले साथ दिने शान्तिको भनाई थियो ।

प्रतिक्रिया