प्रगतिशील पत्रकार संघ नेपाल, दैलेखको दोस्रो जिल्ला भेला अध्यक्षमा प्रकाश आचार्य

प्रगतिशील पत्रकार संघ नेपाल, दैलेखको दोस्रो जिल्ला भेला अध्यक्षमा प्रकाश आचार्य

प्रगतिशील पत्रकार संघ नेपाल, दैलेखको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । शनिवार दैलेख सदरमुकाममा गरिएको भेलाले प्रकाश आचार्यको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति चयन गरिएको छ । जसको सचिबमा तिर्थ भण्डारी, कोषाध्यक्षमा प्रेम बहादुर शाही सर्बसम्मत निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमशः लक्ष्मी प्रसाद रेग्मी, पृथ्वी के सी, खम्बीरा रेग्मी, मीना रेग्मी, संगीता थापा र रजनी योगी निर्वाचित हुनुभएको छ । यसै गरी भेलाले चार सदस्यिय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा कविराज खत्री, नेमबहादुर शाही, सीताराम थापा र गणेश रोकाय रहनु भएको छ । news-for-patakar-sanghdlk-2
भेलाको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला समिति, दैलेखका उपाध्यक्ष एवं भेलाका प्रमुख अतिथी कवीराज खत्रीले, विश्वममा हुने जुनसुकै परिवर्तनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सत्य तथ्यमा आधारित समाचार मात्र समप्रेषण गर्न आग्रह गदै मिशन पत्रकारिताले मात्र समाज परिर्वतन हुने बताउनु भयो । उहाँले, समाज वर्गिय भएकाले पत्रकारिता पनि वर्गियतामा आधारित हुने भन्दै देश र जनाताको पक्षमा कलम चलाउनु प्रगतिशील पत्रकारको उद्देश्य हो र यस तर्फ पत्रकारहरु निडरताका साथ अध्ययनशील हुँदै कलम चलाउन पर्ने बताउनुभयो ।
भेलाका विशेष अतिथि एवं राष्ट्रिय जनमोर्चा दैलेका सल्लाहकार अध्यक्ष पूर्णबहादुर शाहीले, आवाज विहिनहरको आवाज बनेर सामाजिक कुरुती, विसंगती र अन्यायमा परेका उत्पीडत लगाएतका विषय वस्तुहरुलाई शसक्त रुपमा उठाउनु पर्ने बताउनु भयो । भेलामा जातीय समता समाजका पूर्व केन्द्रीय सदस्य खगिराम सुनार, अखिल छैठौका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद रेग्मी, जिल्ला अध्यक्ष शिव आचार्य, रक्तिम सांस्कृतिक अभियानकी प्रेमा रोकाय, राष्ट्रिय सहकारी अभियानका पृथ्वी के.सी. लगाएतले समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । भेलाले आगामी माघ १४ देखि २० गतेसम्म एक हप्ते खोजमूलक तथा मिशन पत्रकारिता सम्बन्धि तालिम संचालन गर्ने निर्णय गरेको छ । उद्घाटन सत्रको अध्यक्षता प्रकाशकुमार आचार्यले, स्वागत प्रेमबहादुर शाहीले र संचालन तीर्थ भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया