पैरवीले सरकारकै काम सघाउ

पैरवीले सरकारकै काम सघाउ

दैलेख, पुस २– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक भोला महतले समुदायलाई दिइने सेवा प्रभावकारिता निम्ति गर्ने पैरबीको कामले सरकारकै काममा सघाउने बताएका छन् । इन्सेकले बेलपाटामा सञ्चालन गरेको इएलपी परियोजना चिनारी कार्यक्रममा शनिवार चुप्रामा बोल्दै उनले यस्तो पैरबीले सरकारी निकायले माथिल्लो निकायको ध्यानाकर्षण गराउन सहयोगी बन्ने गरेको प्रष्ट्याए ।
insek-belpataक्षेत्रीय संयोजक महतले इन्सेकले गरिरहेको दस्तावेजीकरणले मानवअधिकार उलंघन गर्ने सरकारी अधिकारी वा सामाजिक रुपमा असहिष्णु व्यवहार गर्ने ज्यादतिकर्तामा सवत सिकाएको उल्लेख गरे । उनले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी कार्यक्रमले पनि मानवअधिकार वहालीको निम्ति सहयोग पु¥याउने बताए ।
त्यसबखत बेलपाटा गाविसका पूर्व गाविस अध्यक्ष जीतबहादुर केसीले इन्सेकले २ दशक भन्दा पहिलेदेखि प्रकाशित गर्ने मानवअधिकार वर्ष पुस्तकले समुदायलाई समेत मानवअधिकार बारे सचेत पार्दै आएको चर्चा गर्नुंभयो ।
गाविस प्रतिनिधि निर्मला बिष्ट, पार्टी प्रतिनिधि शेरबहादुर पराजुली, बेलापाटा स्वास्थ्य चौकी इञ्चार्ज लक्ष्मण खत्री, इन्सेक इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले मानवअधिकार विविध क्षेत्र समुदायसंगको सहकार्य विषयमा प्रकाश पारेका थिए ।
त्यसबखत स्थानीय स्तरमा पीडितहरुको मानवअधिकार प्रवद्र्धनको अगुवाई गर्न पार्वती केसीको संयोजकत्वमा ११ सदस्यीय बेलपाटा गाविस स्तरीय मानवअधिकार निगरानी समूह गठन गरिएको छ । निगरानी समूहका अरु सदस्यहरु प्रेमदेवी सुनार, अम्बी थापा, छविलाल पाठक, प्रमिला सुनार, संझना डाँगी, चन्द्रबहादुर थापा, हिरामती थापा, लक्ष्मी डाँगी (ख), कमला केसी र मसान्ती भण्डारी सर्वसम्मतीमा चुनिएका छन् ।

प्रतिक्रिया