बजेट कार्यान्वयनको माग राख्दै ज्ञापनपत्र

बजेट कार्यान्वयनको माग राख्दै ज्ञापनपत्र

दैलेख, पुुस ३ – नेपाल उत्पीडित जातीय मुक्ति समाज दैलेखले नेकपा एमालेको नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको लोक कल्याणकारी बजेट कार्यान्वयनको माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाजका जिल्ला अध्यक्ष कलमबहादुर बिक सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत आज सो ज्ञापनपत्र पठाएको हो ।
sunita-and-b-2जिल्ला अध्यक्ष बिक र केन्द्रीय सदस्य गोपालीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो । ज्ञापनपत्र मुक्ति समाजका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य पार्वती बिशुन्केले वाचन गरेर एजेण्डा प्रकाश पारेकी थिइन् ।
ज्ञापनपत्रमा अधिकार सम्पन्न राष्ट्रिय दलित आयोग गठन, भगत सर्वजीत प्रतिष्ठान गठन, बिजेश्वरीको छात्राबास स्तरोन्नती लगायत एमालेको नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएका महिलासंग राष्ट्रपति र दलितसंग प्रधानमन्त्री कार्यक्रम कार्यक्रमहरु सदुपयोग गर्न र संविधान कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी जीवन दुलालले ज्ञापनपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाईदिने र दलितहरुले भोगेका स्थानीय समस्या सुल्झाउन आफू सधैं सहयोगी बन्ने बताए ।
ज्ञापनपत्र बुझाउनु अघि मुक्ति समाज दैलेखले संगठनको २८ औं वार्षिकोत्सवका अवसरमा समसामयिक राजनीतिक परिस्थिति र दलित आन्दोलन विषयमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया