महिलाहरुलाई क्षमता विकासका लागि गोष्ठी

महिलाहरुलाई क्षमता विकासका लागि गोष्ठी

दैलेख, पुुस ६ – जगनाथ गाविसमा महिलाहरुलाई क्षमता बिकास सम्बन्धि २ दिने गोष्ठि आज शुरु भएकोछ । महिलाहरुको क्षमता विकास गरि गाउ विकासमा महिलाहरुको सक्रियता वढाउन गोष्ठिको आयोजना गरिएको हो ।women-jaganath1 women-jaganath
आमा समुह, एकल महिला, स्वास्थय स्यम सेबिका, वडानागरिक मञ्चका महिला सदस्य, नागरिक सचेतना केन्द्रका सदस्य सहित ५९ जनाको सहभागिता रहेको थियो । महिलाको हक अधिकार, बाल बिवाहा न्युनिकरण, गाबिसको कम्तिमा १० प्रतिसत बजेटको प्रयोग र लिन तरीका सााथै प्रभावकारी कार्यान्वयना कसरी गराउने र स्थानिय स्रोत परिचालन कार्यबिधि २०६९ को मापदष्डको बारेमा छलफल गरिएको थियो । आगामि गाउँ परिषदबाट बिनियोजन महिला लक्षित बजेट महिलालेनै खर्च गर्ने प्रणालीको विकास गरिन आवस्यक रहेको सहभागी महिलाहरु वताएका थिए ।
महिलाहरुको सहभागिता वृद्धि र महिला सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्न ९ सदस्य रहेको गाबिस स्तरिय महिला सञ्जाल गठन गरिएको छ । गाविस सचिव अरविन्द राय यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण सहजिकरण कुष्ण प्रसाद अधिकारी र सामाजिक परिचालक जनक प्रसाद अधिकारिले गर्नुभएको थियो ।

प्रतिक्रिया