वालवालिकाका लागि सक्रिय बन्दै गाउ बाल संरक्षण तथा सम्वद्र्धन उपसमिति

वालवालिकाका लागि सक्रिय बन्दै गाउ बाल संरक्षण तथा सम्वद्र्धन उपसमिति

दैलेख ८, पौष – पश्चिम दैलेखमा अवस्थित चामुण्डा गाविस भौगोलिक तथा जनसँख्याको दृष्टिकोणले जिल्लाकै ठुलो गाविस हो । त्यस मध्ये पनि यस गाविसमा फरफरक जातजातीको बसोबास रहेको छ । बाहुन र क्षेत्रीको बाहुल्यता रहेको उक्त गाविसमा दलित र जनजातिको पनि उल्लेख्य उपस्थिती देखिन्छ । ठुलो गाविस भएकै कारण पनि होला सिमान्तकृत समुदायका महिला तथा बालबालिकाको सवालमा नेतृत्वको ध्यान पुग्दैन्थ्यो । हरेक वर्ष स्थानीय निकायमा बजेट विनियोजन गरियो तर कहिल्यै पनि महिला तथा बालबालिकाका समस्याहरु लाई सम्बोधन गरिएन् ।

चामुण्डा गाउ वाल संरक्षण तथा सम्वद्र्धन उपसमितिको नामावली र सम्पर्क नंम्वर
चामुण्डा गाउ वाल संरक्षण तथा सम्वद्र्धन उपसमितिको नामावली र सम्पर्क नंम्वर

सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारितामा सहयात्रा परियोजनाले उक्त गाविसमा युवाहरुको लागि विभिन्न क्षमता विकासका गतिविधि सञ्चालन गरे । त्यस्ता क्षमता विकासका कार्यक्रमले बालबालिकाहरुमा उत्साह जगायो र गोविन्द सुवेदीको अध्यक्षतामा गाविसस्तरीय गाउ वाल संरक्षण तथा सम्वद्धन उपसमितिको गठन गरियो । साझेदार संस्थाले गाउ वाल संरक्षण तथा सम्वद्धर्नन उपसमितिको कार्यालय स्थापना गर्न सहयोग ग¥यो । अहिले वाल संरक्षण तथा सम्वद्र्धन उपसमितिका गतिविधि हेर्दा लाग्छ समुदायका हरेक व्यक्तिमा केहि न केहि सिर्जनशिलताहरु लुकेर रहेका हुन्छन् । त्यसको उजागर गर्न सक्ने हो भने समाज परिवर्तनका लागि ठुलै योगदान दिन सक्छन् ।
गाउ वाल संरक्षण तथा सम्वद्र्धन उपसमितिले गाविस स्तरीय वाल क्लव संजालको गठन गर्यो । कार्यालयको एउटा भित्तामा भिसीपिसी समितिको फोन नम्बर सहितको नामावली छ । अर्काे भित्तामा वाल सञ्जालले गर्ने वार्षिक कार्यक्रमको फेहरिस्त हेर्न सकिन्छ । काम गर्न सजिलो होस भनि कार्यालय व्यवस्थापन पनि राम्रै सँग गरिएको छ । हरेक दिन उक्त कार्यालय पालो मिलाएर उपसमितिका सदस्यहरुले खोल्ने गर्दछन् । जोखिममा रहेका बालबालिकाको लागि आएका मुद्धाहरु मासिक मासिक बैठकमा छलफल गरिन्छ र समाधानका प्रयासहरु खोजिन्छ ।

चामुण्डा गाविस स्तरीय वाल संजालको वार्षिक कार्य योजना
चामुण्डा गाविस स्तरीय वाल संजालको वार्षिक कार्य योजना

विभिन्न निकायबाट प्राप्त अनुदानलाई जोखिममा रहेका बालबालिकाको सहयोगमा खर्च गर्ने गरिएको संयोजक सुवेदीले बताए । जन्मदर्ता अभियान, बाल भेला, नियमित बैठक, भर्ना अभियान, बृक्षारोपण, तालिम, खेलकुद लगाएतका गतिविधि सञ्जालले सञ्चालन गर्दै आएको सुवेदीको भनाई थियो । उनले थपे, आधारभूत शिक्षा बाट कोहि बालबालिकालाई नछुटाउने र जोखिममा रहेका लाई सहयोग गर्ने हाम्रो मुख्य उद्धेश्य रहेको छ ।

चामुण्डा गाउ वाल संरक्षण तथा सम्वद्र्धन उपसमिति संयोजक गोविन्द सुवेदी कार्यालय कोठामा
चामुण्डा गाउ वाल संरक्षण तथा सम्वद्र्धन उपसमिति संयोजक गोविन्द सुवेदी कार्यालय कोठामा

कम उमेरमा विहे गर्दा आउन सक्ने समस्या प्रति पनि उनीहरु त्यत्तिकै सचेत छन् । अहिले हरेक टोल टोलमा “विहे वारी, २० वर्ष पारि” भन्ने अभियान सञ्चालन गर्दै छन् । राज्यले बनाएको नीति र सानो उमेरमा विहे गर्दा भविश्यमा पर्न सक्ने असरको बारेमा जानकारी नहुदा पनि बाल विहे हुने गरेको सुवेदीको भनाई थियो । अभिभावक भन्दा पनि किशोर किशोरीलाई राज्यको नीति र बाल विवाहका असरको जानकारी गराउन आवश्यक भएको उनले थपे ।

गाविसले बालबालिकाको लागि बजेट व्यवस्था गरेको हुन्छ भन्ने जानकारी नभएकी मिसीपीसीकी सदस्य तारा शाही अहिले गाविसबाट बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गराउन लागि पर्छिन् । हाम्रो लागि राज्यले नै बजेटको व्यवस्था गरेको छ । बालबालिका भविश्यका कर्णधार हुन त्यसैले उनीहरुको क्षमता विकासका साथै सामाजिक कार्यमा अग्रसर हुन राज्यले नै सहयोग गर्नुपर्ने उनको भनाई थियो । जोखिममा रहेका बालबालिकाको सहयोग र सम्बद्र्धनका लागि आफ्नो सहयोग सधै रहिरहने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका उपाध्यक्ष विर वहादुर नेपालीको भनाई थियो ।

अनुगमनकाे स्थलगत रिर्पाेट पछि निर्मल अधिकारी

प्रतिक्रिया