‘विद्यार्थी उत्तर पर्खिरह्यो, शिक्षक रनभुल्लमा परिरह्यो’

          |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     ::: 339 पटक पढिएको   |  

– श्याम आशा नेपालभाषामा सकृय साहित्यकार हुन् । लघुकथा संग्रह ‘ल्ह्वंगु ल्हा ः’(मोटो हात) र पंजलं दुने पंजलं पिने (पिजँडा भित्र र पिँजडा बाहिर) प्रकाशित छन् । ‘आशाका टुक्राहरु’ (लघु कविता संग्रह) र ‘लघु’ (संयुक्त लघुकथा संग्रह) र गत भदौमा ‘श्याम आशाका लुघकथा संग्रह’ समेत प्रकाशित भएको छ । वि सं. २०११ मा जन्मिएका भक्तपुर निवासी आशा पेशाले भेटेरीनरी व्यवसायी हुन् ।

उनको लेखन समाज चित्रणमा अब्बल मानिन्छ । समाजकै चिरफार गर्ने क्रममा हाम्रो शिक्षा पद्दतीमा देखिएको असहजतालाई समेत उनले आफ्नो लेखनको विषय बनाएका छन् । पाठ्यक्रम र पाठ्यपुस्तक लेख्नेहरुले आफूले देखेकै संसार र यथार्थलाई मात्र सबथोक मानेर पठनका लागि विषयवस्तु बनाउँदा शिक्षणमा सहजता छैन । शिक्षामा नमिलेको यही तालमेललाई आशाले ‘सुन्तला’ लघुकथा मार्फत् चित्रण गरेका छन्, यो साताको शिक्षा साहित्यमा उनकै लघुकथा

………………………………………….

पृथ्वी  सुन्तलाजस्तै छ । शिक्षकको परिभाषा सुनेर विद्यार्थीको जिब्रो रसायो, उसको ध्यान अन्तै गयो । हिजो आमाले दिएको सुन्तलाको स्वादमात्र झल्झली सम्झ्यो ।

त्यसको मीठो स्वाद जिब्रोमै टाँसिएजस्तै भयो ।

‘पृथ्वी–सुन्तला, सुन्तला–पृथ्वी ।’

‘सर, त्यसोभए पृथ्वी खाने को त?’, विद्यार्थीको प्रश्नले शिक्षकको टाउको चिलायो । साँच्चै पृथ्वी पनि सुन्तलाजस्तै आकारको भएकाले नै यसलाई विकसित देशले निल्न खोजिरहेको त होइन ?!

विद्यार्थी उत्तर पर्खिरह्यो, शिक्षक रनभुल्लमा परिरह्यो ।

साभार एडुखवर



1 Comment on ‘विद्यार्थी उत्तर पर्खिरह्यो, शिक्षक रनभुल्लमा परिरह्यो’

  1. Hira Singh Thapa // December 25, 2016 at 1:46 am // Reply

    हो हाम्रो गाउघरको अवस्था यस्तै छ

Leave a comment

Your email address will not be published.


*