खड्गवाडामा पशु स्वास्थ्य शिविर

खड्गवाडामा पशु स्वास्थ्य शिविर

दैलेख, पुस १० । दैलेखको खड्गवाडा गाविसको पातिकाल्नामा शनिबार एक दिने पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ । सामाजिक सेवा केन्द्रद्धारा सञ्चालित उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको सहजीकरण तथा क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतको सहयोगमा सो शिविर आयोजना गरिएको हो ।
शिविरमा २१३६ बाख्रा, ८ भैसी, १६ गोरु र ४ गाईको स्वास्थ्य जाँच गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, पशु स्वास्थय अधिकृत अमृत मास्के, हाइ भ्यालु सुर्खेतका दामोदर न्यौपाने र सोसेकका कार्यक्रम संयोजक पुस्कर शर्माको उपस्थिति थियो । पशु चिकित्सक डा. कृष्णराज पाण्डे र दिपेन्द्र श्रेष्ठले शिविरमा ल्याइएका पशुको स्वास्थ्य जाँच गरेका थिए । सोसेकद्धारा सञ्चालित उच्च मुल्य कृषि वस्तु विकास आयोजना अन्गर्त गठित आठ वटा सहकारीका १९९ किसानहरुले शिविरमा आफ्ना पशुको उपचार गराएका थिए ।

प्रतिक्रिया