नेल्टाको अन्तक्र्रिया

नेल्टाको अन्तक्र्रिया

दैलेख, पुस १० । नेपाली काँग्रेस निकट पशु स्वास्थ्य सेवा प्राविधिकहरुको संगठन नेल्टाले दैलेखमा संगठन विस्तारका लागि विशेष पहल गर्ने भएको छ । नेल्टा दैलेखको आयोजनामा आइतबार दैलेख सदरमुकाममा संगठन विस्तारबारे अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमका सहभागिहरुले पशु स्वास्थ्य सेवा प्राविधिकहरुको हक र हितका लागि एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस दैलेख सभापति कृष्णकुमार विसि, सचिब भुपेन्द्र शाही, नेल्टा केन्द्रीय अध्यक्ष जनक रावल, नेल्टा मध्यपश्चिम उपाध्यक्ष हेमराज डिसि, निजामति कर्मचारी युनियन संघ केन्द्रिय सदस्य शिवराज गौतमलागायतले मन्तव्य राखेका थिए । उनीहरुले नेपाली कांग्रेसका एजेण्डालाई सहयोग गर्न नेल्टाको गठन भएको बताउँदै पार्टीले लिने जाजय निणर्यमा नेल्टाको सहयोग रहने बताए । दैलेखमा यसअघि नै कुमार प्याकुरेलको अध्यक्षतामा नेल्टा तदर्थ समिति गठन भइसकेको छ ।

प्रतिक्रिया