सरकारी गाडीमा आगजनी

          |   प्रकाशित मितिः शुक्रबार, पुस १५, २०७३     ::: 348 पटक पढिएको   |  

१५ पुस, काठमाडौं । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ भने अर्को एउटामा तोडफोड भएको छ ।

ago-lagi

शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । कसले आगो लगायो भन्ने खुलेको छैन । तर, सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए ।

अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड गरेको चालकले बताए ।



Leave a comment

Your email address will not be published.


*