वर्तमान चुनौतीको समाधान माओवादी केन्द्रसंग मात्रै छ । पूर्व मन्त्रि भट्ट ।।

वर्तमान चुनौतीको समाधान माओवादी केन्द्रसंग मात्रै छ । पूर्व मन्त्रि भट्ट ।।

१६ पुस,  अछाम 

पूर्व मन्त्रि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नम्वर ७ का ईञ्चार्ज लेखराज भट्टले वर्तमान चुनौतीहरुको समाधान माओवादी केन्द्रसंग मात्रै भएको बताएका छन । अछाम सदरमुकाम मंगलसेनमा जिल्ला कमिटीको बिस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रमुख अतिथीको आशनवाट बोल्दै पूर्व मन्त्रि भट्टले काँग्रेस एमालेको नेतृत्वमा देशले निकास पाँउन नसकेको भन्दै वर्तमान अवस्थामा माओवादीको नेतृत्वले समस्या समाधानको बिकल्प ल्याएको बताएका हुन । एमालले अनेक तिकडम गरेर देशलाई अन्यौलतामा लैजाँने खेल बाहेक अरु केही नगर्ने बताँउदै नेता भट्टले सबै क्षेत्र र समुदायको चित्त बुझिने गरी माओवादीलेनै बिकल्पहरु ल्याएको बताए । पार्टी कार्यकर्तालाई प्रशीण दिने क्रममा नेता भट्टले माओवादी आफ्नै कारण हारेको र कमजोर भएको भन्दै अव त्यो अवस्था आँउन नदिन र पार्टीलाई स्थापित गर्न सबै जाग्नुपर्ने बताए । हिजो गोलि बर्सिदा पनि नडराँउने माओवादीहरु बिपक्षी पार्टीका गतिविधीवाट त्रसित हुनु नपर्ने उनले बताए । हिजोको ब्याज खाएर मात्रै पार्टी चल्न नसक्ने भन्दै नेता भट्टले जनयुद्धको तेस्रो पिलर र एक नम्वर र आधार ईलाका रहेको अछाम जिल्लाको संगठनलाई पुरानै अवस्थामा फर्काउन पार्टीले तय गरेको गाँउ नगर घर घर जाँउ, माओवादी केन्द्रलाई बिजयी गराँउ भन्ने नारा सहित गाँउ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन समेत दिएका छन । यस्तै केन्द्रिय सचिवालय सदस्य खगराज भट्टले हिजो महाँकाली, कोषि र गण्डकी सहित देशमा भएका उद्योग कलकारखानाहरु कौडीको भाउमा बेच्नेहरु राष्टबादी हुनै नसक्ने बताए । मेची महाँकालीमा बोलिने भाषा राष्ट्रिय भाषा हुनुपर्ने र सबै नेपालीले लगाँउने पोषाक राष्ट्रिय पोषाक हुनुपर्ने भन्ने माओवादीलाई राष्टघाती देख्नु हास्यास्पद हुने उनले उल्लेख गरे । जिल्ला सम्मेलन आयोजक समितीका संयोजक दिपक साउदको अध्यक्षतामा भएको उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नम्वर ७ का संयोजक लक्ष्मीदत्त जोशी, पोलिटब्यूरो सदस्य तारामान स्वार, बिरमान चौधरी लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया