बाल बालिका हरु विध्यालय जान बाट बन्चित

बाल बालिका हरु विध्यालय जान बाट बन्चित

सहबान अन्सारी

 १५ पुस, नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रमा पर्ने गुठी परसौनी गा.वि.स. अन्तर्गत कठवा ३ का मुसहर टोल का बाल बालिका हरु विध्यालय जान बाट बन्चित भएका छन ! गु15841104_1044639175682924_254460007_n-copyठी परसौनी स्थित कंगली खोलाको किनारमा बस्दै आएका दलित तथा अतयन्त गरिब मुसहर जातका ४२ घर दुरी भएको परिवार का बालबालिकाहरू चिसो मौसममा न्यानो कपडा नहुदाँ बिधालय जान छोडेका रामजित मुसहरले जानकारी दिएका छन! चिसो मौसममा कतिपय साना बालबालिका लगाएत परिवारको कतिपय सदस्यहरु चिसोको कारण बिरामी परेका हुदाँ पैसाको अभावले गर्दा उपचार गराउन नसकेको देखिन्छ! ।खोलामा माछा मारेर आफ्नो दिन चर्या चलाउन निकै कठिनाई भोग्न परेको परेको देखीन्छ! खोलामा दिन भरी माछा मार्ने यिनीहरूको मुख्य पेसा रहेको र कोही कोहीले अरूको खेतमा मजदुरी गरी दुई छाक टार्ने यिनीहरूको दिन चर्या बनेको छ । निकै चासोको बिषय यो छ कि चार पटक मन्त्रिको पद ग्रहण गर्नु भएको पुर्व मन्त्री हृदेश त्रिपाठी को गाउँ र हाल प्रत्येक्ष रुपमा निर्वाचित हुनु भएका वर्तमान सांसद देवकरण प्रसाद कलवार ( सन्तु) को गाविस भएपनि हाल सम्म मुसहर टोलको मुहार फेर्न सकिएन! नवलपरासीको गुठी परसौनी गाउँ विकास समिति शिक्षाको विषयमा अगाडि रहेको देखिन्छ यहाँ ,पुर्व मन्त्री ,सांसद, ईन्जिनियर ,डाक्टर ,प्रधानअध्यापक,,शिक्षक समेत रहेको हुदाँ मुसहर टोलको बिकास हुन सकेन

प्रतिक्रिया