बैंकको सेवा प्रभावकारी बनाउन सहकारी संस्थासँग अन्तक्र्रिया

बैंकको सेवा प्रभावकारी बनाउन सहकारी संस्थासँग अन्तक्र्रिया

हस्तराज अधिकारी
पौष १७, दैलेख–ग्रामिण क्षेत्रमा रहेका सहकारीे संस्थाको संस्थागत विकास, वचत तथा ऋण परिचालनका साथै गुनासा र सुझाव संकलन गरी राष्ट्रिय सहकारी बैंकलाई सबैको मन जित्ने बैंक बनाउने उद्धेश्यले बैंकका केन्द्रिय लेखा समिति सदस्यहरुले जिल्लामा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन् । लेखा समितिले बंैकमा आन्तरिक शुद्धिकरण र पारदर्शिता कायम गर्न सहयोग गर्ने समितिका सदस्य लक्ष्मी प्रसाद उपे्रतीले बताए ।

?
?

सहकारी बैंक यस्तो बैक हो जसले गाउ गाउका विपन्न समुदायको आर्थिक जीविकोपार्जनका लागि बचत तथा ऋण लगानी गरेको छ । अरु बैंकले गाउमा लगानी गरेका छैनन् । त्यसैले पनि सहकारी बैंक तपाई हामी सबैको बैंक भएको उप्रेतीको भनाई थियो ।
गत आर्थिक वर्षमा शाखा दैलेखले २ करोड वचत र १२ करोड ऋण लगानी गरिएको शाखा प्रमुख नीता थापाले बताईन् । शाखाले ४० लाख मुनाफा प्राप्त गरेको जानकारी दिदै सहकारी सदस्यहरुको इमान्दारीता र विश्वासले ग्रामिण क्षेत्रमा ऋण लगानी गरिएको थापाको भनाई थियो । उनले थपिन, सहकारी संस्थाहरुको क्षमता विकास गरी स्तरवृद्धि गर्न आवश्यक छ ।
ऋणमा व्याजदर बृद्धि गरिएका कारण लगानी गर्न समस्या भएको शाखा सहायक सुरेन्द्र शाहीले बताए । काठमाण्डौं र दैलेखको ग्रामिण क्षेत्रका सहकारीलाई एउटै डालोमा हेर्न नहुने उनको भनाई थियो ।
कर्जा तर्फको व्याजदर बढ्दा सदस्यहरुलाई ऋण लगानी गर्न समस्या भएको जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक हमालले बताए । उनले थपे,जति जति हामी सरल कर्जा बनाउछौ उती बैंकलाई मुनाफा र सदस्यहरुको आयस्तरमा बृद्धिहुने हमालको भनाई थियो ।
अहिले जिल्लामा लगानीका सम्भावनाहरु बढेका छन् । गाउका कृषकहरु व्यवसायीक बन्दैछ्न् । जिल्ला तरकारी र फलफूलमा आत्म निर्भर छ र व्यवसायीहरुले अझै लगानी खोजीरहेका छन् । यस्तो अवस्थामा शाखालाई तोकिएको २० लाख सम्म स्विकृत गर्ने अधिकारलाई ५० लाख पु¥याउनु पर्ने सामुदायीक विकास बहुउद्धेश्यीय सहकारी संस्थाका कोषाध्यक्ष निर्मल अधिकारीको भनाई थियो । अन्य सरकारी तथा प्राइभेट बैंकहरुले ऋण लगानी गर्ने प्रक्रिया झण्झटिलो भएको बताउदै अधिकारीले थपे, साना किसान तथा दुर्गम क्षेत्रका विपन्नहरुको मन सहकारी बैंकले जितेको छ जसले गर्दा उनीहरु प्राइभेट बैंकमा नगएर सहकारी बैंकमै कारोवार गर्न अग्रसर देखिन्छन् । एउटा व्यक्तिलाई गरिएको लगानी भन्दा सामूहिक जमानीमा गरिएको लगानी सुरक्षित हुने अधिकारीको भनाई थियो ।
कार्यक्रमका अधिकाँस सहभागीले ऋणको व्याजदर घटाउनुपर्ने, दिर्घकालिनकर्जाको सुविधा गराउनुपर्ने, ग्रामिण क्षेत्रको धितो राखेर ऋण उपलब्ध गराउनुपर्ने माग गरेका थिए । कार्यक्रममा वैंकका केन्द्रि लेखा समितिका कुलचन्द्र अधिकारी र सागर नेपालको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया