ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु

ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु

सहबान अन्सारी

नवलपरासी को कुडीयामा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। कुडियाको फेनहरा ३ भित्री सडक खण्ड अन्तर्गत गएराति बागमती चिनिमिल बाट प्रतापपुर तर्फ आउदै गरेको ना ३ ख ४७४८ नम्बरको ट्रकले सोही दिशा बाट आउदै गरेको पैदल यात्री कुडिया ३ फेनहरा बस्ने ६५ बर्षिय चन्दन पुरीको मृत्यु भएको हो । ट्रकको ठक्कर बाट गम्भीर घाईते भएका पुरिलाई उपचारको लागि सहिद स्मृति समुदायीक अस्पताल चौपता पठाईएको र त्यहा उपचार हुन न158fec0af515_sf_1सक्दा थप उपचारको लागि भरतपुर मेडिकल कलेज चितवन पठाईएको र त्यहा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया