जनहितकारीको स्थापना दिवस

जनहितकारीको स्थापना दिवस

सुर्खेत, १८ पुस । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–३ ले आफ्नो १८ औं स्थापना दिवसमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संस्थाले सामाजिक कार्यमा, कला क्षेत्रमा, सहकारीको क्षेत्रमा योगदान पु¥याउने विभिन्न साधकहरुलाई सम्मान गरेको हो ।
पत्रकारिताको माध्यमबाट सहयोग पु¥याउने सुर्खेतपत्र दैनिक, सहकारीहरुको क्षेत्रबाट टेकबहादुर शाही, समाजसेवाको क्षेत्रबाट बालाराम शर्मा, कला संस्कृतिको क्षेत्र बाट खम्बराज गिरी, ज्येष्ठ सदस्यहरु बाट मनिराम क“डेल, संस्थापक सदस्य यामबहादुर सारुलाई सम्मान गरिएको छ । राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगी, राष्ट्रिय सहकारी विकास बोर्डका संचालक चा“दनी ढकाल लगायतले दोसल्ला, सम्मानपत्रसहित सम्मान गरेका छन् । यसैगरी संस्थाले ज्येष्ठ शेयर सदस्य जामित्रा कडेल र देवीलाल लामिछानेलाई मासिक ३ सयका दरले पोषण भत्ता प्रदान गरेको छ । स्थापना मूल समारोह समितिका संयोजक तीर्थराज गिरीको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया