ईलाका प्रहरी कार्यालय दुल्लूको वस्ती भेटघाट कार्यक्रम

ईलाका प्रहरी कार्यालय दुल्लूको वस्ती भेटघाट कार्यक्रम

दुल्लू दैलेख –जम्बुकाँध गाविस वडा नं. २ लैनचौर बजारमा वस्ती भेटघाट कार्यक्रम सम्पन्न भएकोछ । ईलाका प्रहरी कार्यालय दुल्लु र सामुदायिक प्रहरी सेवा केन्द्र दुल्लुको सयुक्त आयोजनामा महिला हिंसा, घरेलु हिंसा, बाल बिवाह, बहु बिवाह, लागु औषध, अबैध मादक पदार्थ सेवन तथा बिक्रि बितरण, ओसार पसारको नियन्त्रण र ट्राफिक नियमको पालना सम्बन्धि बिषयमा गाउँ बस्ती भेटघाट तथा जनचेतनामुलक कार्यक्रम गरीएकोछ । laina-chaur-news1 laina-chaur-newsकार्यक्रममा अध्यक्षता सामुदायिक सेवा केन्द्र दुल्लुका अध्यक्ष श्री जग्ये बहादुर शाही प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय दुल््लुका निमित कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक श्री धन बहादुर पुन, स्थानिय राजनैतिक दलका पाटी प्रमुख तथा प्रतिनिधी, वडा नागरीक मंन्चका प्रमुख, समाजसेवी, बुद्धीजिबि, स्थनिय पत्रकार, शिक्षक, बिद्यार्थी, महिला र अन्य सर्ब साधारणको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको संचालन सामुदायिक प्रहरी सेवा केन्द्र दुल््लुका सदस्य ध्रुव कुमार शाही ले गर्नु भएको भने सामुदायिक प्रहरीको बारेमा सा.प्र.से.के. दुल्लुका प्रहरी जवान केशब प्रसाद आचार्यले जानकारी दिएका थिए । कार्यक्रम पछि जम्बुकाँध २ निवासी जगत बहादुर शाहीको अध्यक्षतामा १७ सदस्य लैनचौर गाउँ टोल सुरक्षा समिति समेत गठन गरीएको सामुदायिक प्रहरी सेवा केन्द्र दुल्लूका सदस्य धु्रव कुमार शाहीले वताए ।

प्रतिक्रिया