बालअधिकार बारे परिवार सचेतना जरुरी

बालअधिकार बारे परिवार सचेतना जरुरी

लाँकुरी गाविसका पूर्व उपाध्यक्ष कर्णबहादुर बिष्टले बालबालिकाको अधिकार बारे हरेक परिवारलाई सचेतना जरुरी रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजना अन्तरगत आज लाँकुरीमा विद्यालय छनौट अन्तरक्रियामा उहाँले बालबालिकाको संरक्षण विकासको अवसर निम्ति राज्य र अभिभावकको समान दायित्व हुने औल्याउनुभयो । esp-lakuriकार्यक्रममा नेपाली काँग्रेस लाँकुरी सचिव गंगबहादुर खत्रीले बालबालिकाको सर्वगीण विकासका लागि उचित शिक्षाको अवसर दिइनुपर्ने बताउनुभयो । कार्यक्रममा लाँकुरी गाविस स्तरीय मानवअधिकार निगरानी समूहका सदस्य सुन्तली बिष्टले महिला, बालबालिका, दलित, जनजाति र पिछडिएको समुदायको अधिकारको निम्ति सबैले एकतावद्ध आवाज उठाउनुपर्ने आवश्यकता दर्शाउनुभयो ।
कार्यक्रममा भैरब आधारभूत विद्यालयका प्रधानाध्यपक तप्तबहादुर खत्रीले बालबालिका सहभागिताको अधिकारले उनीहरुमा व्यक्तित्व विकासको अवसर सिर्जनागर्ने बताउनुभयो । इन्सेक इएलपी परियोजनाका जिल्ला सहजकर्ता अमर सुनारले बालबालिका सम्वन्धी ऐन, कानून र सरकारका नीति कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । अन्तरक्रियाबाट लाँकुरीको भैरव आधारभूत विद्यालय र नारायण नगरपालिका–६ स्थित रेडक्रस माविलाई बाल अधिकार कार्यक्रम सञ्चालन गर्न विद्यालय छनौट गरिएको छ ।

प्रतिक्रिया