पोषण तथा खाद्य सुरक्षा पैरबी कार्यक्रम सम्पन्न

पोषण तथा खाद्य सुरक्षा पैरबी कार्यक्रम सम्पन्न

जिल्ला स्वास्थ्य कार्यालय दैलेखले पोषण तथा खाद्य सुरक्षा सम्वन्धी जिल्ला स्तरीय पैरबी कार्यक्रम आज सम्पन्न गरेको छ । सन्तुलित आहारविहार र स्वास्थ्य चेतना बारे जाकारी गराउन उक्त कार्यक्रम गरिएको हो । जिल्ला स्वास्थ्य, कृषि र पशु सेवा कार्यालयले सञ्चालन गरेको खाद्य सुरक्षा कार्यक्रम अन्तरगत सो पैरबी कार्यक्रम भएको हो ।
पैरबी कार्यक्रममा दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले दैलेख कृषि राम्रो सम्भावना रहेको जिल्ला भएकोले कषिलाई व्यवसायिक बनाउदै आत्मनिर्भर बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले कृषिमा आत्म निर्भरता र पोषण सुधारका लागि सबैको सामुहिक प्रयत्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पन्थीले पोषण सुधार वा अरु कुनै विकास गर्न वास्तविक आवश्यकता आधारमा योजना बनाउने र कार्यान्वयनमा इमान्दारिताले दीगो विकासमा सघाउ पुग्ने बताउनुभयो ।
कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. शोभित थापा, बरिष्ठ पशु विकास अधिकृत डा. अमृत मास्के, बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदी, प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साह लगायतका सरकारी अधिकारी तथा सरोकारवाला निकायको सहभागिता थियो ।

प्रतिक्रिया