संस्थागत विकास हुदै ग्रामिण क्षेत्रका सहकारी

संस्थागत विकास हुदै ग्रामिण क्षेत्रका सहकारी

निर्मल अधिकारी
दैलेख -जिल्ला सदरमुकाम देखी ८० किलोमिटर पश्चिम राकमकर्णाली गाविसमा रहेको बसुन्धरा कृषि सहकारी संस्था विपन्न समुदायका महिला र दलितहरुको गर्जाे टार्ने साथी बनेको छ । स्थापना भएको २ वर्ष भित्रै २ सय २६ शेयर सदस्यलाई माग अनुसार ऋण उपलब्ध गराउन सफल भएको उक्त संस्था स्थापना कालमा २६ सेयर सदस्य र कुल पूजीँ २५ हजारबाट शुरुभएको थियो । cooperative-lead-marketing-6 cooperative-lead-marketing-5 cooperative-lead-marketing-4 cooperative-lead-marketing-3 cooperative-lead-marketing-2 cooperative-lead-marketing-1
सहकारीले विभिन्न वित्तिय संस्था संग साझेदारी गरी वचत तथा ऋण परिचालनको माध्यमबाट सदस्यहरुको जीवनस्तर सुधार गर्न सहयोग गरेको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित उत्थानशिल जिविकोपार्जन सवलिकरणमा सामुदायिक पहल सुदृढिकरण परियोजना (सरल)ले सहकारीको क्षमता विकासमा सहजिकरण गरे पछि १ सय ५६ शेयर सदस्यलाई उत्पादनमूलक कार्यमा ऋण लगानी गरेको सहकारीका अध्यक्ष अर्जुन शाहीले बताए । उनले थपे, छोटो अवधिमै परियोजनाको सहयोगले ३९ वटा लघुउद्यमी स्थापना गर्न सफल भएका छौं ।
लघु उद्यमीहरुको नियमित अनुगमन, सुपरिवेक्षण तथा सल्लाह र सुझावले उघु उद्योम विकासमा सहजिकरण पुगी सहकारीलाई समूहसँग नजिक बनाएको छ । यस अघि सहकारीलाई ठगि खाने भाडोका रुपमा हेरिन्थ्यो । व्यवसायको माध्यमबाट नियमित वचत गर्नुपर्छ भन्ने समुदायले सिकेका थिएनन् । सहकारी स्थापना त गरियो तर कसरी सञ्चालन गर्ने भन्ने चिन्ता लागिरहन्थ्यो । जब परियोजनाले सहयोग ग¥यो त्यसले समुदायमा सहकारीप्रति हेर्ने सोचाई नै बदलि दिएको शाहीको भनाई छ । उनले थपे, यस अघि पनि सहकारी स्थापना हुने र बन्द हुने क्रम चलिरहन्थ्यो । यो छोटो अवधिमा संस्थाले गरेको प्रगति देख्दा आफै दंग भएको उनले बताए ।
परियोजनाले प्रस्तावना लेखन्, वित्तिय संस्थाबाट प्राप्त सेवा तथा सुविधा र कार्य योजना निर्माण सम्बन्धि तालिम दियो । यस अघि उनीहरुलाई जानकारी थिएन् । वित्तिय संस्थाबाट कृर्षि लक्षित कार्यक्रम अन्तर्गत ऋण तथा अनुदान प्राप्त गर्न सकिन्छ भनेर ! तालिमले उनीहरुको आखाँ खोलिदियो । विभिन्न वित्तिय संस्थाहरुमा कार्ययोजना सहित प्रस्तावना पेश गरे पछि मेंगा बैकबाट १० लाख, राष्ट्रिय सहकारी बैंकबाट २० लाख ऋण र उच्च मूल्य कृर्षि वस्तु विकास आयोजनाबाट १९ लाख र एभरेष्ट क्लवबाट २ लाख ५० हजार अनुदान सहयोग प्राप्त गर्न सफल भए । प्राप्त ऋण तथा अनुदानलाई सहकारीले कृर्षि खेतीमा ४०, लघु उद्योममा ७५ र घरायसी कारोवारमा ११ जनालाई ऋण लगानी गरेको छ ।
राकमकर्णालीका माझीहरुको दैनिकी विहानै माछा मार्नबाट सुरु हुन्थ्यो । चाहे हिउदको कठ्याङग्रीने जाडो होस वा बर्षाको भेलनै । कतिपयले भेलमा माछा मार्दा मार्दै ज्यान समेत गुमाएका छन् । आम्दानीका श्रोत माछा र कमाउन भारत जानु बाहेक अरु केही थिएनन् । जनचेतना समूह राकमकर्णाली ६ का सदस्य कर्ण माझी भन्छन् अहिले सहकारीले तरकारी खेतीका लागि ऋण उपलब्ध गराए पछि नत माछा मार्नुनै परेको छ नत कमाउन भारतनै जानु पर्छ । तरकारी खेतीबाट भएको आम्दानीले ५ छोरी र १ छोरा विद्यालय पढाउन उनले शुरु गरेका छन् । लिएको ऋण पनि किस्ता बन्दिमा तिर्दै छन् ।
व्यवसाय गर्ने सीप र बजारीकरणमा सहयोग गरेपछि आफुले व्यवसाय गर्न शुरुवात गरेको बताउछिन् बसुन्धरा समूहकी सदस्य धना वि.क. । एकल महिलाको पिडा भोगेकी वि.क. भन्छिन् हजार वचत गरेर लाख पाईन्छ भन्ने आफुलाई विश्वासै थिएन् ।

उक्त सहकारी संस्थालले लघु उद्यम तथा कृर्षि उत्पादनलाई व्यवस्थापन गर्न बजार उपसमितिको गठन गरेको छ । त्यसैगरी वर्षै देखि बन्द रहेको कृर्षि सँकलन केन्द्र सरल परियोजनाको सहयोगमा सुचारु भएको छ । संकलन केन्द्रको प्रयोगले गर्दा कृषकहरुले उत्पादीत वस्तु डोकोमा बोकेर वेच्नु पर्ने बाध्यता हटेको छ । संकलन केन्द्रमा दैनिक ६ सय देखि १४ सय केजी सम्म तरकारी आउने गर्छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिक भित्र मात्रै सहकारीले संकलन केन्द्रमा ६६ हजार १ सय ४२ केजी तरकारी संकलन गरी करिव २५ लाख १ हजार ४ सय ३५ बराबरको तरकारी खरिद बिक्रि गरेको छ ।
सहकारीले स्थानीय बजारमा खपत हुन नसक्ने कृर्षि उत्पादन विक्रि तथा वितरणका लागि कालिकोट, जुम्ला तथा सुर्खेतका सब्जी मण्डीसँग सम्झौता गरेको तरकारी संकलन केन्द्रका रविन्द्र सिजापतिले बताए । डोकोमा बोकेर गाउ बजार चाहार्नुपर्ने बाध्यता हटेको बताउने कालिका समूहका सदस्य केशव माझी भन्छन् संकलन केन्द्र नहुन्जेल विक्रि नभएको तरकारी गाईवस्तुलाई दिने गरिन्थ्यो । उत्पादन भएको तकारी विक्रि नभए पछि सबैले तमाखु खेती गर्थे । अहिले तरकारी वेचन सजिलो भएको र उचित मूल्य प्राप्त गर्ने भएपछि तमाखु खेतीको सट्टा तरकारी शुरुवात गरेको केशवको भनाई छ । उनले थपे, तरकारी खेतीबाट राम्रै आम्दानी देखेपछि १ रोपनीबाट बढाएर ३ रोपनीमा व्यवसाय शुरु गरेको छु । गत वर्ष वार्षिक ५० हजार कमाएका केशवले यो वर्ष भने करिब १ लाख आम्दानी हुने अनुमान गरेका छन् । उनले तरकारी खरिद विक्रि तथा प्राविधिक सहयोगको लागि सहकारी, संकलन केन्द्र र एग्रोभेटसँग सम्झौता गरेको बताए ।
सहकारी मार्फत विपन्न वर्गलाई लगानी गरेको कर्जाबाट ऋण लिई व्यवसाय सञ्चालन गरी कृषकहरु व्यवसायमुखि बन्न सफल भएकोमा आफु खुसी भएको राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख निता थापाको भनाई छ । उनले थपिन, ऋण लिई समयमा किस्ता बुझाउने र लिएको ऋणलाई उत्पादनशिल कार्यमा लगाउने सहकारीलाई बैंक आवश्यकता अनुसार लगानी गर्न तयार छ ।

प्रतिक्रिया