व्यवसाय संगै समाज सेवा

व्यवसाय संगै समाज सेवा

राकमकर्णाली ५ का भरतकुमार माझीको अधिकाँस समय कृषकको खेतवारीमा वित्ने गर्छ । उनलाई सजिलै घरमा भेट्ना सकिदैन् । विहानको चिया चुस्किसँगै कृषकहरु उन्नत विउ, विजन र खेतीलाई लाग्ने रोगबाट बचाउन एग्रोभेटमा पुग्छन् । स्थानीय तार बजारमा किसान एग्रोभेट स्थापना गरी बसेका माझी फोनकै आधारमा किसानको घरदैलो सम्म पुग्ने गरेका छन् ।Kissan Agrovet 3 Kissan Agrovet 2

डिसिए, आइसिसिओ र लुथ्रन विश्व फेडेरेशनको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले सञ्चालन गरेको सरल परियोजनाले एग्रोभेटको गुणस्तर सुधार र क्षमता अभिबृद्धिका लागि माझिलाई तालिम दियो । पहिला मौसम अनुसार मात्रै विउविजन खरिद तथा विक्रि हुने र भएको आम्दानीेले दैनिक खर्च धान्न मुश्किल भए पछि एग्रोभेट बन्द हुने अवस्थामा पुगेको माझी बताउछन् । उनले थपे, सस्तो बिउ मात्रै खरिद विक्रि गर्ने र आफु खुसि विउको मूल्य निर्धाण गर्दा आम्दानी भन्दा बढी घाटा थियो । किसानलाई आवश्यक परेको बेला बिउ विजन तथा समाग्री उपलब्ध नहुदा विश्वास पनि थिएन । जसले गर्दा किसान सँग समन्वय र सम्पर्क पनि कम हुने गरेको माझीको भनाई छ । माझी भन्छन् सीप प्रविधिको विकास र कृषकहरुको बढ्दो मागले गर्दा आम्दानीमा पनि बृद्धि भएको छ ।

तालिमले उनको व्यापार व्यवसायमा बृद्धि भएको छ । कृषकहरुको लागि चाहिने, विउ, सिँचाई सामाग्री, प्लास्टिक घर, कृर्षि औजार, विषादी तथा प्राविधिक सहयोग एग्रोभेट बाटै उपलब्ध हुन्छ । किसानहरुसँगको समन्वय र सहकार्यले व्यवसायमा बृद्धि भएको बताउने माझी भन्छन् कृषकहरुले पनि प्रभावकारी र गुणस्तरीय प्राविधिक सेवा पाएका छन् ।

परियोजनाले नेपालगञ्जको एग्रो फर्मसँग प्लाष्टिक घर, लघु सिचाई प्रविधि र कृषि औजार खरिद तथा विक्रिका लागि सम्झौता गरेको सरल परियोजनाका संयोजक वषन्त श्रेष्ठले बताए । उनले थपे, विभिन्न रोगहरुको नियन्त्रणका लागि खेतीमा हुने क्षतिलाई नियन्त्रण गर्न ठूलो स्प्रे ट्याँकीको पनि सहयोग गरिएको छ ।

परियोजना लागु भएपछि अहिले समुदायमा देखिने गरी परिवर्तन भएका छन् । कृषक र एग्रोभेट सँगको सम्बन्ध सुधारभई विश्वास को वातावरण श्रृजना भएको छ । कृषकको माग र आवश्यकता अनुसारका कृषि सामाग्री उपलब्ध गराउन एग्रोभेट सफल देखिन्छ । ७ वटा प्लास्टिक घर निर्माण भएका छन् भने ८१ जना कृषक प्रत्यक्ष लाभान्वित देखिन्छन् ।

व्यवसाय सँगै समाज सेवा पनि भएकोमा माझीले खुसी व्यक्त गरे । उनले थपे, कसैले पनि साधु बनेर समाज सेवा गर्न सक्दैन् । व्यवसाय आम्दानीका लागि हो । तर आम्दानीका नाममा पैसाकै लागि मरिहत्ते गर्ने बानी माझीमा छैन् । कृषकले खेतवारीमै बोलाउदा पनि रकम नलिएर सेवा दिएकाले सबैको प्यारो बनेको माझीको अनुभव छ ।

प्रतिक्रिया