बाख्रापालनले आम्दानी बढायो

बाख्रापालनले आम्दानी बढायो

दैलेख जिल्लाको उत्तर पश्चिमस्थित पिपलकोट गाविसका दलित आजभोली बाख्रापालन व्यवसायमा जुटेमा छन् । वर्षै भरी जति कमाई गरेपनि ३ महिना खाना नपुग्ने भएपछि दलित समुदाय बाख्रापालन व्यवसायप्रति लोभिएका हुन । बाख्रापालन उनीहरुको रहर होइन् बाध्यता हो !
पिपलकोट गाविस भौगोलिक रुपमा दुर्गम र आर्थिक रुपमा विपन्न छ । जिल्ला सदरमुकाम देखि २४ कोष टाढाको यस गाविसमा सरकारी गतिविधि प्रायः सुन्यनै हुन्छन् । राज्यबाट प्राप्त हुने सेवा र सुविधामा पिपलकोटवासीको पहुँच कहिल्यै पुगेन । जिल्ला सदरमुकाम नजिकका वासिन्दाले सरकारी सुविधा जति प्राप्त गरे त्यति पिपलकोट वासिले प्राप्त गर्न सकेनन् । pipalkotगरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले ७ वर्ष अगाडी देखि उक्त गाविसमा सामाजिक परिचालनका कार्यक्रम सुरुवात ग¥यो । उक्त कार्यक्रममा समुदायका दलित, महिला र पिवन्न जोडिन पुगे । समुह निर्माण, गठन र परिचालन मार्फत सदस्यहरुको दिगो जिविकोपार्जनमा संस्थाले सहयोग गर्दै आयो । घुम्ति कोषबाट ऋण लिई विपन्नहरुले व्यवसाय सञ्चालन गर्न सुरुवात गरे ।
वडा नं ७ कि बहुन्दरी वि.क.लाई २ वर्ष अगाडी जीवन गुजरा गर्न मुस्किल थियो । विहाना खाए बेलुकी के खाउ भन्ने समस्याले सधै पिरोलिरहन्थ्यो । खरले छाएको सानो कच्चि घर त्यसैमा लामो समय वि.क. परिवारले विताए । उनीहरुलाई लाग्थ्यो घर बदल्न, केटाकेटीलाई विद्यालय पठाउन पाए हुन्थ्यो । धेरै पटक घरको छानो बदल्ने प्रयास गरे । भारत कमाउन गए । अलि अलि भएको कमाई विहान बेलुकाको खाना र साहुको ऋण तिर्नमै सकिन्थ्यो ।
साझेदार संस्थाका सामाजिक परिचालकको अनुरोधमा वि.क. पञ्चदेवल सामुदायीक संस्थामा आवद्ध भईन् । परियोजनाको मुख्य लक्ष्य र उद्धेश्य भनेकै यस्तै पछाडी पारिएका आर्थिक रुपले विपन्न र सामाजिक रुपमा वहिस्कृतलाई समेट्नु थियो । सामुदायीक संस्थाले वि.क.लाई बाख्रापालन व्यवसायको लागि २५ हजार ऋण उपलब्ध गरायो । त्यसपछि वि.क.परिवारले विस्तारै सुःखको सास फेर्न थाले ।
सुरुमा उनीहरुले २ वटा बाख्रा किने । गरिव घर परिवार एकै चोटी धेरै किन्दा डुबिन्छ कि भन्ने डर थियो । ऋणबाट बचेको थोरै पैसा बाख्राको उपचारमा खर्च गरे । अहिले उनीहरु सँग माउ र पाठा गरी १० वटा छन् । आम्दानी पनि बढ्दै गएको छ ।
चुहिने छानो नभएर घरै बदलेकोमा खुसि भएको बताउछिन् वि.क. । उनले थपिन, म पहिला छुपडिमा थिए, अहिले महल बनाएकी छु । गाउको पक्कि घर मेरो लागि महल हो वि.क. को भनाई थियो । दलितलाई ऋण दियो भने फिर्ता गर्दैनन् भन्ने सोचाई मैले गरेको प्रगति देखेर परिवर्तन भएको वि.क.ले बताईन । उनले थपिन, मैले जति ऋण लिएको थिए सबै किस्ता वन्दिमा फिर्ता गरिसकेकी छु ।
समुदायमा गरिखानेहरुको लागि पैसाको अभाव नभएको सामाजिक परिचालक अविलाल जैसीको भनाई छ । उक्त सामुदायीक संस्थामा ९ लाख ११ हजार ९ सय बराबरको रकम परिचालन भएको छ ।

प्रतिक्रिया