सहकारी बन्यो स्वरोजगारको सारथी

सहकारी बन्यो स्वरोजगारको सारथी

दैलेख, माघ ५ । गाउँमा बेरोजगार जमात । काम नगर्ने युवाहरु । तर खेतबारी भने बाँजै । यस्तै अवस्था थियो केही वर्ष पहिलासम्म राकमकर्णाली गाविसको । पछिल्ला दिनहरुमा सहकारीमाफर्त युवाहरु लघुउद्यमी बनेका छन् भने किसानहरु व्यवसायीक बनेका छन् । सहकारीबाट ऋण लिएर उनीहरु हालका दिनमा स्वरोजगार बनेका छन् ।
राकमकर्णालीमा २ वर्ष पहिला २६ जना शेयर सदस्य र २५ हजार नगद रुपैयाँबाट स्थापना भएको बसुन्धरा कृषि सहकारी संस्थाले हालका दिनमा २२६ शेयस सदस्य र लगभग ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । २०७१ जेठमा दर्ता गरिएको यस सहकारी संस्थाले हाल विभिन्न संघ तथा वित्तिय संस्थाहरुबाट ऋण तथा अनुदान उपलब्ध गराई आफ्ना शेयर सदस्यहरुमा माग अनुसार ऋण प्रबाह गरिरहेको छ । डिसिए आईसिसिओ एलडब्लुएफ नेपालको आर्थिक प्राविधिक तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित उत्थानशिल जिविकोपार्जन सवलिकरणमा सामुदायिक पहल सुदृढिकरण परियोजनाले सहकारीको क्षमता विकासमा सहजिकरण गरेपछि सहकारी तथ मजबुत हुँदै गएको शेयर सदस्यहरु बताउँछन् । । २ वर्षमा यो सहकारीले १५६ जना आफ्ना शेयर सदस्यहरुलाई उत्पादनमूलक कार्यमा ऋण लगानी गरेको छ । प्हिलो बर्षमै परियोजनाको सहयोगमा यस सहकारीले ३९ वटा लघु उद्यमको गरेको थियो ।
सहकारीका अध्यक्ष अर्जुन शाही भन्छन्, “राकममा यस अघि सहकारीलाई यहाका बासिन्दाहरुले ठगी खाने भांडोको रुपमा हेर्थे, सहकारी गठन गरिहालियो कसरी सञ्चालनगर्ने भन्ने दुविधा भैरहको बेलामा यस परियोजनाको सहयोगले सहकारीको इमेजन नै पोजिटिभ बनाई दियो । किनभने यहा स्थापना भएका हामी भन्दा पुराना सहकारीहरु कति बन्द भैसके भने कति बन्दहुने अवस्थामा पुगेको बेला हामिले छोटो समयमा यत्तिको फड्को मार्छाैं भन्ने सोचेका पनि गरेका थिएनौ ।” परियोजनाको सहयोग र सहजिकरण (परियोजना प्रस्तावना लेखन तालिम, वित्तिय संस्था तथा सरकारी निकायबाट पाईने सेवा सुविधा र सेवा उपलब्ध गर्ने तरिकाबारे छलफल र कार्य योजना निर्माण पश्चात सहकारीले परियोजना प्रस्तावना पेश गरी तथा बैकहरुमा कृषि लक्षित कार्यक्रमबाट ऋण तथा अुनदान प्राप्त गरी समुदायमा परिचालन गरेको छ । मेगा बैकबाट रु १० लाख, राष्ट्रिय सहकारी बैंकबाट २० लाख यो सहकारीले ऋण लिएर शेयर सदस्यहरुमा लगानी गरेको छ । यो सहकारीले एचभिएपिबाट १९ लाख र एभरेष्ट क्लबबाट २ लाख ५० हजारको कार्यक्रम पनि पाउन सफल भएको छ । सहकारीले ४० जनालाई कृषि खेती, ७५ जनालाई लघु उद्यम व्यवासायमा, ११ जनालाई घरायसी ऋण तथा अनुदान दिएको छ ।
जनचेतना समूह राकमकर्णली ६ का सदस्य कर्ण माझी भन्छन्, “जिविकार्पाजनको रुपमा भारत जानु र माछा मार्नू भन्दा अरु कुनै उपाया नै थिएन तर सहकारीले ऋण दिएर तरकारी खेति गर्न सहयोग गरेको छ । सहकारीको कारणले मैले मेरा ५ छोरी र एक छोरा विद्यलयमा पढन पठाएको छु ।”
राकमकर्णाली २, बसुन्धरा समूहकी सदस्य धना वि.क. भन्छिन्, “सहकारीले आफुहरुलाई ऋण मात्र नदिई व्यवसाय गर्ने सिप र क्षमता अभिवृद्धी तालिम र समय समयमा सल्लाह सुझाव पनि दिने गरेको छ, जसले गर्दा हामी जस्ता एकलमहिलाहरुको जोश जांगरलाई ताजा गराउन सजिलो भएको छ । सहकारीबाट हामीले यत्ति सहयोग पाउंछौ भन्ने आशा थिएन । हामीले सानो रकम जम्मा गरेपनि ठूलै सहयोग गर्दा रहेछन् ।”
हाल बसुन्धरा कृषि सहकारीले लघु उद्यम तथा कृषि उत्पादनलाई व्यवस्थापन गर्नका लागि बजार उपसमितिको गठन गरेको छ । बजार क्षेत्रको अभावका कारण कृषकले कृषि उपजको उत्पादनलाई बृद्दि गर्नका लागि परियोजनाको सहयोगमा बर्षाैं देखि बन्द रहेको कृषी संकलन केन्द्रलाई सञ्चालनमा ल्याएको छ । जसले गर्दा कृषकहरुले आफ्नो उत्पादन सजिलै बिक्रीगर्न सक्ने भएका छन् । दैनिकजसो संकलन केन्द्रमा ६०० देखि १४०० केजीसम्म तरकारी आउनथालेको छ । यस वर्षमा मात्र सहकारीद्धारा सञ्चालित संकलन केन्द्रमा ६६ हजार १ सय ४२ केजी तरकारी संकलन गरिएको र करिव २५लाख १ हजार ४ सय ३५।– बराबरको तरकारी खरिद बिक्री गरेको छ । कालिकोट तथा जुम्लाका व्यापारीहरुसंग सम्झौता पश्चात सुर्खेतबाट सप्लाई हुने तरकारीको मात्रामा ३० प्रतिशतले घटेको बताउने गर्छन् कालिकोटका तरकारी व्यापारी ठम्म प्रसाद आचार्य । राकमकर्णाली ७ कालिका समूहका सदस्य तथा कृषक केशव माझी भन्छन्–“पहिले तरकारी बेच्न डोकोमा बोकेर गाउं बजार चाहर्नु पथ्र्याे कहिले बिक्री हुन्थ्यो कहिले फिर्ता ल्याएर गाइबस्तुलाई दिन्थ्यौं सस्तोमा लैजाउभन्दा पनि विक्री हुन हम्मे हम्मे थियो त्यसैले हाम्रो ठाउंमा तरकारीको सट्टा प्राय सबैले तमाखु खेतीगथ्र्याैं । संकलन केन्द्र सञ्चालन भएदेखि हामीलाई तरकारी बेच्न सजिलो र मुल्य पनि पाएका छौं । उनले १ रोपनीबाट तरकारी खेति थालेको अहिले बढाएर ३ रोपनीमा खेति गरिरहेको बताएइ । तमाखु खेति छोडेर तरकारी खेतिमा किसानहरु लागेको उनले बताए ।
सहकारीले स्थानीय तथा जिल्ला बाहिरका व्यापारीसंग कृषिजन्य वस्तुको खरिद विक्रीको सम्झौताले गाविस तथा आसपासका गाविसहरुमा उत्पादित कृषिजन्य वस्तुहरु विक्रीमा सजिलो भएकोले यो कार्यलाई अझ दिगो र विस्तार गर्ने बताउंछन अध्यक्ष अर्जुन शाही ।

प्रतिक्रिया