बालबालिकालाई शिक्षा र संरक्षणको आवश्यक

बालबालिकालाई शिक्षा र संरक्षणको आवश्यक

दैलेख– दैलेखको रेडक्रस मावि भूर्तीका प्रधानाध्यापक हिरामनी न्यौपानेले भविष्यका कर्णधार बालबालिकालाई उचित शिक्षा र संरक्षणको आवश्यकता दर्शाएका छन् । मानवअधिकारवादी संस्था इन्सेकले आज आयोजना गरेको बालअधिकार चेतना समूह गठन सम्वन्धी अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । Insec Bal adhikar chetana samuha (4) Insec Bal adhikar chetana samuha (3)
प्रधानाध्यापक न्यौपानेले समाजमा बालबालिकाको भावनाका कदर गर्ने वानी बसाउन बालअधिकार सचेतना जरुरी रहेको उल्लेख गरे । त्यसबखत इन्सेकको इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनार र विद्यालयका शिक्षक ओमप्रसाद शर्माले बालअधिकार महासन्धी १९८९ ले दिएका अधिकार र नेपालको सन्दर्भ विषयमा प्रकाश पारेका थिए ।
सो विद्यालयमा उषा शर्माको अध्यक्षमा ११ सदस्यीय बालअधिकार चेतना समूह गठन गरिएको छ । उपाध्यक्ष सुन्दर न्यौपाने, सचिव गंगा नेपाली, सहसचिव बिनिता रानामगर, कोषाध्यक्ष प्रतीक्षा बिक र सदस्यहरुमा रेश्मा न्यौपाने, खेमराज बोगटी, चन्द्रा रेग्मी, इन्द्रा बिक, समीर खड्का र तारा रेग्मी चयन भएका छन् ।
यसैगरी आजै सरस्वती मावि तर्ताङ्गमा प्रदीप बस्नेतको अध्यक्षतामा ११ सदस्यीय बालअधिकार चेतना समूह गठन भएको छ । समूहको उपाध्यक्षमा हसिना थापा, सचिव निर्मला सोनी, सहसचिव लक्ष्मी रावल, कोषाध्यक्ष गीता रावल छानिएका छन् । समूहको सदस्यहरुमा पद्मा बिक, समित थापा, सुरेश सोनी, सुशिल गिरी, क्षेत्रबहादुर रावल र सुनिता रावल छन् ।
सो अवसरमा सरस्ती मावि तर्ताङ्गका निमित्त प्रधानाध्यापक लोकेन्द्रबहादुर जीसीले नियमित शैक्षिक क्रियाकलापका अलवा बालअधिकार चेतना क्लवले बालबालिकाको अतिरिक्त ज्ञान र जीवन उपयोगी सीप विकास गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमलाई विद्यालयका शिक्षक दुर्गा उपाध्याय र इन्सेकको इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया