दैलेखी हाते कागजको उच्च माग

दैलेखी हाते कागजको उच्च माग

दैलेख, माघ १० । दैलेखी हाते कागजको माग बढेपछि दैलेखमा हाते कागज उत्दान गर्ने उद्योगलाई चटारो परेको छ । दैलेखमा उत्पादन हुने कागज निकै गुणस्तरीय हुने भएकाले यसको माग बढेको हो ।
दैलेखमा उत्पादन हुने कागज युरोप, अमेरीका, जापान लगाएतका देशहरुमा निर्यात हुने टिपटेन हेन्ड क्रेट एण्ड पेपर प्रालि काठमाण्डौका निम ग्यारेजेन शेर्पाले बताए । उनका अनुसार एक वर्षमा वाहिरी देशमा करिव ५ करोड देखि ६ करोड सम्मको कागज निर्यात हुने गरेको छ । कोरीको २ हजार ५ सय रुपैयाँ देखि २ हजार ८ सय रुपैया सम्ममा कागजको स्तरअनुसार विक्रि गर्ने गरेको शेर्पाको भनाई छ । हेन्ड क्रेट एण्ड पेपर प्रालि काठमाण्डौको माग अनुसार दैलेखमा रहेको हाते कागज उद्योगलाई कागज उत्पादन गर्न अहिले निकै चटारो छ । विगतका वर्षहरुमा माग अनुसार उत्पादन गर्न कठिनाई परेको द्धारी गाविसको मझेनामा रहेको नेपाली हातेकागज उद्योगलाई अहिले कागज उत्पादन गर्न भ्याई नभ्याई भएको हो । वाहिरी देशवाट यसको माग वढ्न थालेपछि उद्योगलाई कागज उत्पादन गर्न निकै चटारो परेको जिवन ज्योती नेपाली हाते कागज उद्योगका संचालक तिखे रोका मगरले वताए । विगतका वर्षहरुमा जंगलमा यसको कच्चा पर्दाथ कम पाइने भएकाले पनि कागज उत्पादनमा कमि आएको रोकाको भनाई छ । ‘जथाभावि जंगलमा भेडा वाख्रा छोड्ने र डढेलो लगाउने जस्ता कार्यले गर्दा कच्चा पर्दाथ संकलनमा कमि आएको थियो’ रोकाले भने, ‘पछिल्ला वर्षवाट स्थानीय सामुदायिक वनहरुमा समितिको आग्रह अनुसार वर्षको एक पटक मात्र वन फुकाउने र अर्को वनमा कच्चा पर्दाथ संकलन गर्न जाने भएकाले पनि उद्योग चलाउन सजिलो भएको छ ।’
दैलेखमा उत्पादित हाते कागज विश्वमै प्रख्यात भए पनि जिल्लाले त्यसलाई वेवस्ता गरेको उद्यमीहरुको गुनासो रहेको छ । ‘हामीले बार्षीक लाखौको हाते कागज उत्पादन गरी बाहिर देश बठाउने गरेका छौ तर जिल्लाले हामिलाई उत्साहित बनाउने खालका कुनै गतिविधि सञ्चालन गरेको छैन’ संचालक रोकाले भने, ‘उत्पादन गरेका बस्तुको माग बाहिर जिल्लामा हुन्छ, आफ्नै जिल्लामा हुदैन यसले उद्यमीलाई निरुत्साहित गरेको छ ।’ जिल्लामा हाते कागज उत्पादनको प्रसस्त सम्भावना भएपनि राज्यको ध्यान यसमा नगएकाले उद्यमीहरु यस क्षेत्रमा आर्कषीत हुन नसकेको संचालक वलिराम थापाले गुनासो गरे । द्धारी गाबिस – ४ मा रहको जीवन ज्योती नेपाली हाते कागज उद्योगमा हाल ४ जना बाहिर जिल्लाका र एक जना स्थानीय गरी ५ जना कर्मचारीहरुले रोजगार पाएको संचालक थापाको भनाई छ । नौमुले क्षेत्रका बालुवाटार, द्धारी, कालिका, नौमुले, सल्लेरी र चौराठा गबिसका जंगलमा पाहिने लोक्ता –कच्चा पर्दाथ) स्थानीय बासिन्दाहरुबाट प्रतिकिलो ८० रुपैयाका दरले आफुहरुले राख्ने गरेको हाते काजग उद्यमी थापाले जानकारी दिए । उनका अनुसार जिल्ला बन कार्यालयबाट अनुमती लिएर प्रतिकेजी ५ रुपैयाका दरले राजस्व तिर्ने गरेको वताए ।
एकै ठाउबाट लोक्ता खरिद गरे लोक्ता नै मासिने समस्या भएकाले छिमेकि गाबिसमा रहेका लोक्ता घुम्ति प्रणाली अनुसार खरिद गर्ने गरिएको संचालकले वताउँदै आएका छन् । जिल्ला बनको अनुमती लिएर कागज बिक्रिका लागि काठमाडौ जाँदा बाटोमा प्रहरीले समस्या गर्ने गरेको उद्यमीको गुनासो छ । सरकारलाई राजस्व तिरिसके पछि प्रहरीले अवरोध गर्नु गैर कनुनी भएको जिल्ला घरेलु तथा साना उद्योग विकास समितीका बरिष्ठ उद्योग अधिकुत परशुराम आचार्यले बताए । २० ग्राम हाते कागजको एक कोरी बराबर २८ सय रुपैयामा बिक्रि गर्ने गरिएको उद्यमी थापाले बताए । अहिले जिल्लाबाट बढी मात्रामा २० ग्रामको कागजको माग मात्र आउने गरेको छ । यस उद्योगवाट एक वर्षमा मौषम अनुसार करिव ६ लाख देखि ७ लाख सम्म आम्दानी हुने गरेको संचालकहरुको भनाई छ । दैलेख, इलाम, पाँचथर, ताप्लेजुङ, झाँपा, वाजुरा र दोलखा जिल्लाहरुमा नेपाली हाते कागज उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया