सर्बागीण विकासका लागि अतिरिक्त क्रियाकलाप

सर्बागीण विकासका लागि अतिरिक्त क्रियाकलाप

दैलेख – भैरव आधारभूत विद्यालय लाँकुरीका प्रधानाध्यापक तप्तबहादुर खत्रीले बालबालिकाको सर्वागीण विकासका लागि अतिरिक्त क्रियाकलापको ठूलो भूमिका रहने बताएका छन् । मानवअधिकारवादी संस्था इन्सेकको इएलपी कार्यक्रम अन्तरगत लाँकुरीमा आज बालअधिकार चेतना समूह गठन कार्यक्रममा बोल्दै उनले किताबी ज्ञानलाई अतिरिक्त क्रियाकलापले व्यवहारिक शिक्षा दिने बताए । Extra Activiti news lakuri (2) Extra Activiti news lakuri (1)त्यसबखत सो विद्यालयकी छात्रा लक्ष्मी खत्रीको अध्यक्षतामा ११ सदस्यीय बालअधिकार चेतना समूह गठन गरिएको छ । उपाध्यक्ष यमुना थापा, सचिव कुलबहादुर बिक, सहसचिव बिनोद खत्री, कोषाध्यक्ष आवानटीका बिष्ट र सदस्यहरुमा दुर्गबहादुर नेपाली, पारस बिक, चमेली थापा, मनकुमारी खत्री, होमप्रकाश खत्री र लक्ष्मी बिष्ट रहेका छन् ।
त्यसैगरी त्रिवेणी संगम मावि चुप्रामा पनि अनिता लामाको अध्यक्षता ११ सदस्यीय बालअधिकार चेतना समूह गठन भएको छ । समूहको उपाध्यक्ष सिर्जना कार्की, सचिव देबी बिष्ट, सहसचिव उमेश पराजुली, कोषाध्यक्ष सुनिता सोनी र सदस्यहरुमा भगवती केसी, शर्मिला थापा, आरती थापा, टीकाराम खत्री, अस्मिता डाँगी र सिर्जना भण्डारी सर्वसम्मतीमा चुनिएका छन् ।
कार्यक्रममा मानवअधिकार निगरानी समूह बेलपाटाकी सदस्य कमला केसीले मानवअधिकारको अवधारणाले बालबालिकाको अधिकार बहृत क्षेत्र समेट्न नसकेको उल्लेख गर्दै बालअधिकार महासन्धीले बालबालिकाको हक हितमा धेरै नयाँ अधिकार स्थापित गरेको बताइन् ।
कार्यक्रममा त्रिवेणी संगम मावि चुप्राका शिक्षक रामप्रसाद शर्मा र इन्सेकको इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले बालअधिकारका विविध पक्ष, बालअधिकारको अन्तरराष्ट्रिय अभ्यास र नेपालको परिवेश विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया