बालबालीकाहरुका योजनानिर्माण गर्दै बालभेला सम्पन्न

बालबालीकाहरुका योजनानिर्माण गर्दै बालभेला सम्पन्न

योजना तर्जुमा प्रक्रियामा बाल सहभागिता बढाई उनीहरुलेनै छनोट गरेका योजनालाई प्राथामिकता सहीत जिल्ला परिषद्मा पेश गर्न जिल्ला भेलाको आयोजना गरिएको हो। बाल सहभागिता विना नै बालबालिकाको योजना छनोट हुने र बजेट पनि बालबालिकाको माग अनुरुप खर्च नहुने निष्कर्ष सहित बालबालिका स्वमयलाई योजना छनोट गर्न लगाई बाल सहभागिता र अपनत्व वृद्धी गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्ला अध्यक्ष शेर बहादुर रावलले बताउनु भएको छ। bajura chaild Bhelaजिल्ला बाल अधिकारी मञ्चकोआयोजना, जिल्ला विकास समिति, पीसविन, सेभ द चिल्डेन, आरआरएन, एचआरसी, गिफ्ट आईएनएफ लगायतका गैरसरकारी निकायको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका सबै गाविस र नगरपालिकाका बालबालिकालाई बोलाएर समूह कार्य र मतदान प्रक्रियाबाटै योजना छनोट गर्न लगाईएको सेभ द चिल्डेनका बाले विश्वकर्माले बताउनु भएको छ । बाल संरक्षण, बाल सहभागिता र बालविवाह रोक्नमा बाल भेलाले मद्दत पुग्ने विश्वास सरोकारवाला निकायले लिएकाछन् । कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी कृष्ण शाहीले बालबालिकाले छनोट गरेका योजनालाई आगामी जिल्ला परिषद्मा प्राथामिकतामा राख्ने बताउनु भएको छ।

अध्यक्ष शेरबहादुर रावलको अध्यक्षतामा सञ्चालन भएको भेलाको प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाही रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन पीसविन परियोजना अधिकृत प्रदीप राज जैशीले गर्नु भएको थियो । कार्यक्रम समापन समारोहमा पीविन कार्यक्रम प्रबन्धक जुद्धरावल, सेभ द चिल्डे«नका चेतराज पाध्याय, जिल्ला शिक्षा अधिकारी नगेन्द्रराज रेग्मी, निमित्त स्थानीय विकास अधिकृत कृष्ण शाहीले बोल्नु भएको थियो । त्यसैगरी प्रहरी नायव उपरीक्षक दल बहादुर बोगटी, नयाँ शक्ति पार्टीका प्रकाश रावल, एमाले जिल्ला कमिटी सदस्य विनोद कुमार विक र निमित्त प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाहीले जिल्ला भेला उपलब्धीमुलक सावित हुने बताउनु भएकोछ । कार्यक्रममा दिनभर समूहकार्य र छलफल तथा अन्र्तक्रिया सञ्चालन गरिएको थियो । कार्यक्रमको सहजिकरण सेभ द चिल्डे«नका बाले विक, पीसविन परियोजना अधिृकत प्रदीपराजजैशी अञ्जु भट्टाराई र बाल संरक्षण निरीक्षक सागर कुमार शाहले गर्नु भएको थियो । कार्यक्रम जिल्ला विकास समिति समीक्षालय हलमा आयोजना गरिएको हो ।

प्रतिक्रिया