बालबालिकाको शिक्षा र संरक्षणमा सक्रिय ठगुन्ना सम्मानित

बालबालिकाको शिक्षा र संरक्षणमा सक्रिय ठगुन्ना सम्मानित

नेपालगञ्ज, माघ १८ गते । बालबालिकाको शिक्षा र संरक्षण लगायत समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुरयाए वापत नेपालगञ्ज स्थित सेभ द चिल्ड्रेनका एसोसिएट डायरेक्टर बीरेन्द्रसिंह ठगुन्नालाई भारतीय दलित साहित्य अकादमी दिल्लीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ ।
सो सम्मान ग्रहण गरेर भारतबाट नेपालगञ्ज फर्केपछि ठगुन्नालाई नेपालगञ्जमा कार्यरत नौ वटा सामाजिक संस्थाले संयुक्त रुपमा बधाई तथा सम्मान समारोहको आयोजना गरी शुभकामना ब्यक्त गरेका छन् । समाजसेवी ठगुन्नाले सामाजिक विकासमा पु¥याउनु भएको योगदानको सो अवसरमा अधिकांशले प्रशंसा गरेका थिए ।
सम्मानित हुनुभएको ठगुन्नाले सम्मान पाएकोमा गौरव महसुस गरेको जनाउँदै नेपालका बालबालिकाको शिक्षा र संरक्षणका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । उहाँले बधाई तथा शुभकामनाका लागि सबैलाई धन्यवाद समेत दिनु भयो ।  बाँके युनेस्को क्लब, जिल्ला युवा क्लब सञ्जाल, एसडीएफ, नेपालगञ्ज एफएम, रुबरु एफएम लगायतका संस्थाको संयुक्त आयोजनामा भएको स्वागत, बधाई तथा सम्मान कार्यक्रमा उपस्थित सयौ जनाले ठगुन्नालाई पूmलमाला र खादा लगाएर सम्मान जनाएका थिए ।thagunna
बाँके युनेस्को क्लबका सल्लाहकार पत्रकार नीरज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व ठगुन्ना, क्लबका अध्यक्ष प्रवेजअलि सिद्धिकी, पत्रकार मोहम्मद हारुन, राकेश मिश्र, जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष श्वेता गुरुङ्ग, नगरस्तरीय बाल क्लब सञ्जालका अध्यक्ष अन्जली चतुर्वेदी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति गौतमले आफ्नो पेशा प्रति माया गर्दै लगनशील भएर काम गर्ने व्यक्तिले नै सम्मान पाउने धारणा राख्नु भयो । उहाँले राम्रो कामको सधैं राम्रो मूल्यांकन हुने पनि बताउनु भयो ।
२०३१ सालमा कंचनपुर जिल्लाको गढ्ढाचौकीमा जन्मनु भएका ठगुन्नाले सन् २०११ देखि सेभ द चिल्ड्रेनमा प्रवेश गरी बालबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आउनु भएको छ ।

गाेर्खापत्र अनलाइनवाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया