मानवअधिकार सबैको साझा एजेण्डा

मानवअधिकार सबैको साझा एजेण्डा

दैलेख, माघ २० – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को क्षेत्रीय कार्यालय नेपालगञ्जका इएलपी कार्यक्रमका फोकल पर्सन सरस्वती मल्लले मानवअधिकार अभियान सबैका साझा एजेण्डा हुनुपर्ने बताएकी छिन् । इन्सेकको मानवअधिकार निगरानी समूह बेलपाटाको आयोजनामा आज चुप्रामा भएको स्थानीय समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रममा उनले सो विचार राखेकी हुन् ।
Nigarani samuha belpataफोकल पर्सन मल्लले अनौचापरिक क्षेत्र सेवा केन्द्र सशस्त्र द्वन्द्वको समयमा हरेक नेपालीको बाँच्न पाउन अधिकारका लागि वकालत गरेको र शान्ति प्रक्रियापछि आर्थिक तथा साँस्कृतिक अधिकारको पैरबी गर्न थालेको बताइन् ।
त्यस बखत नेकपा एमाले बेलपाटाका उपाध्यक्ष टोपबहादुर खत्रीले समाजमा विद्यमान महिला हिंसा, जातीय विभेद लगायतका कुरीति हटाउन र राज्य संयन्त्रलाई सुशासनमा जवाफदेही बनाउन इन्सेकको प्रयासको सह्राना गरे ।
मानवअधिकार निगरानी समूह बेलपाटाका संयोजक पार्वती केसीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी श्याम राना, रेखा थापा, शिक्षक ओपप्रसाद पराजुली, स्वास्थ्य चौकीका इञ्चार्ज लक्ष्मण खत्री लगायतले बोलेका थिए ।
कार्यक्रमबाट बेलपाटा गाविस स्तरका शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण, सेवा प्रवाहको अवस्था र वकालत पैरवी सम्वन्धी समस्याहरु छुट्टाछट्टै एजेण्डाहरु समूहगत छलफलबाट प्राथमिकीकरण गरिएका छन् । यी एजेण्डाहरुमा स्थानीय तहमा गाविस स्तरीय मानवअधिकार निगरानी समूह र जिल्ला स्तरमा जिल्ला मानवअधिकार निगरानी समूहको अगुवाईमा समाधानको प्रयत्न गरिने कार्ययोजना निर्माण गरिएको छ ।

प्रतिक्रिया