अतिरिक्त क्रियाकलापमा रमाउदै वालवालिका

अतिरिक्त क्रियाकलापमा रमाउदै वालवालिका

वालवालिकाको सर्वाङ्गिण विकासका लागी कक्षा कोठा भित्र हुने अध्ययन अध्यापनका अतिरिक्त अन्य क्रियाकलापहरुको पनि उत्तिकै आवश्यकता रहन्छ । एक्काइसौ सताब्दिमा “घोकन्त विद्या ध्यावन्त खेती” भन्ने परम्परागत मान्यता बदलिएको छ । घोकन्त विद्याले नयाँ प्रविधि र आधुनिकिकरण सँग प्रतिष्पर्धा गर्न नसक्ने भएको हुदाँ पनि अबको नयाँ पुष्तालाई उसको व्यक्तित्व विकासका लागि विभिन्न अन्य गतिविधिसँग जोड्ना आवश्यक भएको हो ।
Paduka activityजुन वालवालिकाको शिक्षाका अतिरिक्त अन्य व्यक्तित्वको विकास हुन्छ त्यस्ता वालवालिकाले मात्रै नयाँ प्रविधिसँग प्रतिष्पर्धा गर्न सक्ने सम्भावना भएका कारण पनि अहिले वालवालिकाको व्यक्तित्व विकासका लागि विद्यालय र वालक्लवहरुले महत्व पूर्ण भूमिका खेल्दै आएका छन् । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले दैलेख जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरेको सहयात्रा परियोजनाले वालवालिकालाई अतिरिक्त क्रियाकलाप मार्फत उनीहरुको व्यक्तित्व विकासका लागि थप सहयोग गर्दै आएको छ ।
दुल्लु नगरपालिका ९ धामी गाउस्थित प्रेमदेवी माध्यामिक विद्यालयको वाल क्लवले शुक्रवारीय अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत शुक्रवार मात्रै “वाल हिँसा र वाल दुव्र्यवहार” विषयक वक्तित्वकला प्रतियोगिताको आयोजना गरेको विद्यालयका शिक्षक आनन्द दाहालले बताए । उनले थपे, पहिला अतिरिक्त क्रियाकलापमा सहभागी हुन नमान्ने वालवालिका अहिले आफै कार्यक्रमको आयोजना गर्न सुरुवात गरेका छन् । अहिले अतिरिक्त क्रियाकपालमा वालवालिका रमाउने गरेको उनको भनाई थियो ।
वक्तित्वकला प्रतियोगितामा १० जना वालवालिका सहभागी भएको वाल कल्वका अध्यक्ष मोतिलाल जैसीले वताए । उनले थपे, अव हामी प्रत्येक शुक्रवार यस्ता कार्यक्रमको आयोजना गर्ने छौ र आगामी दिनमा त्यस्ता कार्यक्रममा वालवालिकाको सक्रिय सहभागीता पनि बढनेछ् ।
उक्त कार्यक्रममा प्रथम, द्धितिय, तृतिय र चतुर्थ हुने क्रमश ः क्षितिज ज्ञवली, लक्ष्मण पाण्डेय, भुपेन्द्र नाथ योगी र थिर वहादुर वि.क.लाई पुरुष्कार वितरण गरिएको शिक्षक दाहालको भनाई थियो । अधिकाँस सहभागी वक्ताहरुले वाल हिँसा र दुव्र्यवहार सामाजिक अपराध भएको वताएका थिए । वालवालिकाले सामाजिक, यौनजन्य, भावनात्मक, मौखिक र शारीरिक जस्ता दुव्र्यवहार भोगिरहनुपर्ने पर्ने भएकाले यस्ता दुव्र्यवहारको विरुद्ध सबै एकजुट हुनुपर्ने सहभागी वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा सहयात्रा परियोजनाका ललित भण्डारी र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका निर्मल अधिकारीको सहभागीता रहेको थियो भने कार्यक्रम सञ्चालन क्लवका सदस्य कमला पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया