सानो सहयोगले पुगेको ठुलो राहत

सानो सहयोगले पुगेको ठुलो राहत

निर्मल अधिकारी
विहान उठ्ने वित्तिकै छोरा छोरीले आमा भोक लाग्यो भन्दा दुल्लु नगरपालिका वडा नं ९ स्थित धामी गाउकी मोतिकला सार्कीको मन चिरा चिरा हुन्थ्यो । भोक लागेको आवाज निरन्तर सुुनिरन्थिन् तर उनी सँग जवाफ थिएन् । आफुले जन्माएको बच्चालाई राम्रो सँग लालन पालन गर्नु हरेक अभिभावकको दायित्व हो । तर के गर्नु गरिवी को अगाडी आशु झार्नुको विकल्प पनि त नहुदो रहेछ । समय बदलियो, समाज बदलियो तर उनको शरिरमा ढाकेको नत कपडा बदलियो नत उनको भान्सामा पाक्ने खाना नै बदलियो । यस्तै पिडामा उनले लामो समय गुजारिन् ।
Goat Paduka Motikalaमोतिकलाका श्रीमान प्रेमबहादुर सार्की ९ वर्ष अगाडी कमाउन भारत जाने भनेर घरबाट हिडे । अहिले उनी कहा छन् र के गर्छन् मरे ज्यूदाको कुनै अत्तोपत्तो छैन् । विदेश गएका सबैका आफन्तको फोन आउदा उनलाई पनि आशा लाग्छ कतै खबर आउछ की भनेर । आशै आशमा ९ वर्ष विताईन् । चाडबाड आउदा उनको आखा कहिल्यै ओभानो भएन् । चाडबाडमा छिमेकीका घर सजीसजाउ भएको बेला अन्धकारमा धिपधिपे मधुरो बत्ति बाली मोतिकला आगो फुक्दै हुन्थिन् । अगेनोमा पकाउने केही नभए पनि आगो बाल्नै पर्ने बाध्यता रहेछ मोतिकलाले बताईन् ।
हालको दुल्लु नपा ९ साविकको पादुका गाविसमा सेभ द चिल्डेनको साझेदारीमा सामाजिक सेवा केन्द (सोसेक)्र नेपालले सहयात्रा परियोजना लागु ग¥यो । सहयात्रा परियोजनाको मुख्य उद्धेश्य वालवालिकाको सिकाई उपलब्धिमा बृद्धि गर्नु र विद्यालय जान नसकेका वालवालिकालाई विद्यालयमा ल्याउनु भएकाले विद्यालय जान नसकेका त्यस्ता जोखिमयुक्त वालवालिकाको खोजि गरियो । आर्थिक स्थिती कमजोर भएकै कारण मोतिकला सार्किका १ छोरा र १ छोरी पनि विद्यालय नगएको भेटिए । परियोजनाले विपन्न वालवालिकाको आर्थिक स्थिती सुधार गर्न मोतिकलालाई बाख्रापालनका लागि ३३ हजार सहयोग ग¥यो ।
पैसा कहिल्यै नदेखेकी मोतिकलाको हातमा एकै चोटी ३३ हजार परे पछि उनलाई त्यो भन्दा खुसीको क्षण अरु केही भएन् । साहुँलाई तिर्नुपर्ने ऋण पनि नतिरी उनले ६ वटा बाख्रा किनिन् । छोरा छोरीलाई विद्यालय पठाउन पनि शुरु गरिन् । आफ्नो ज्यानलाई भन्दा बढी माया गरी पाले पछि बाख्राले राम्रै आम्दानी दिए । अहिले उनी सँग १० वटा बाख्रा छन् भने खसी बेचेर एक वर्षमा झण्डै २० हजार जति कमाईन् ।
बाख्रा बेचेर भएको आम्दानीले छोराको वार्षिक १० हजारमा विमा गरेकी छन् । वचत गर्न सकिएन् भने कमाएर मात्रै केही नहुने जानकारी पाएकी मोतिकला भन्छिन् अहिले कक्षा ४ मा पढने छोरालाई गरिएको विमा उच्च शिक्षा अध्ययन गर्ने बेला खर्च गर्न सजिलो हुन्छ । उनले थपिन, गाउकै सरकारी विद्यालयमा पढाउन त्यति खर्च हुदैन् । ठुलो कक्षा पढाउनु परे त बढी खर्च चाहिन्छ ।
उनी सँग जग्गा जमिन केही छैन् । जे छ त्यही एउटा पुरानो चुहिने घर र परियोजनाको सहयोगबाट किनेको बाख्रा । उनलाई घरले वास दिएको छ भने बाख्राले जीवन गुजारा गर्न सहज वनाईदिएको छ । सानो सहयोगले पुगेको ठुलो राहत देख्दा आफु खुसि भएको सोसेक सहयात्रा कार्यक्रम अधिकृत नवराज वि.सीले वताए ।

प्रतिक्रिया