स्थानीय निकायका कर्मचारी आन्दोलित अविलम्ब निर्वाचन घोषणाको माग

स्थानीय निकायका कर्मचारी आन्दोलित अविलम्ब निर्वाचन घोषणाको माग

दैलेख २५ माघ , अविलम्व स्थानीय तहको निर्वाचन घोषणा, कर्मचारी समायोजन गर्दा सम्मान जनक व्यवस्थापन, समायोजनमा जान चाहाने कर्मचारीहरुका लागि विशेष सुविधा गोल्डेन ह्याण्डचेक लिन पाउनु पर्ने लगायतका ५ वुँदे माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलित भएका छन् । दैलेख जिल्लामा कार्यरत स्थानीय निकाय कर्मचारीहरुको ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले मंगलवार रिपोर्टर्स क्लब नेपाल दैलेख शाखामा पत्रकार सम्मेलन गर्दै आफ्ना आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै आयोजनकहरु
कार्यक्रममा बोल्दै आयोजनकहरु

सयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन जिल्ला समन्वय समिति दैलेखले आफ्ना आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जनप्रतिनिधीहरुको सकृय सहभागीतामा संचालन हुने स्थानीय निकायहरुमा लामो समय सम्म रहेको रिक्तताले स्थानीय स्तरमा सेवाप्रवाह, विकास निर्माण लगायतका कार्यहरु प्रभावित भएको भन्दै नयाँ संविधान बमोजिम स्थानीय निकाय पुनंसरचना आयोगले नयाँ स्थानीय तहको संख्या र सिमाना निर्धारण गरि प्रतिवेदन बुभलाइसकेको हुदाँ अविलम्ब स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै नयाँ संविधानको मर्म र भावना अनुरुप स्थानीय तहहरुबाट जनअपेक्षा बमोजिम प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्तिको ब्यवस्थापन गर्नुपर्ने, नागरिकहरुलाई सेवा प्रवाहमा देखिएका समस्याहरु लाई समाधान गर्नुपर्ने, नागरिकहरुबाट आम कर्मचारीहरु प्रति लाग्ने गरेको आरोप र आग्रहलाई न्यूनिकरण गर्न ट्रेड युनियनको समेत सहभागितामा सम्पूर्ण कार्यालय तथा सेवा केन्द्रमा असल कार्य सस्कृति तथा उचित कार्य वातावरणको सिर्जन ागर्न निश्चित नीति योजना तथा कार्यक्रम अगाडी बढाउनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला स्थित विभिन्न रानितिक दलहहरुले कर्मचारीहरले राखेको मागहरु जागज रहेको बताउदै माग सम्बोधनका लागि प्रतिबद्ध रहेको बताएका छन् । कर्मचारीहरुको मागलाई सम्बोधन गर्नको लागि राज्यको निति निर्माण तह सम्म पु¥याउने आफुहरु तयार रहेको बताएका छन् । उनीहरुले वर्तमान अवस्थामा स्थानीय तहमा जनप्रतिनिधी विहिन भएको अवस्थामा विभिन्न काम कावार्हीमा समस्या उत्पन्न भएको भन्दै सरकारले तत्काल स्थानीय तहको निर्वाचनको घोषणा गर्नुपर्ने कर्मचारीहरुको मागलाई सम्बोधन गर्न तर्फ लाग्नु पर्ने बताएका छन् ।
आन्दोलनका कार्यक्रम अन्र्तगत आज देखि स्थानीय निकायमा कार्यरत कर्मचारीले कालोपट्टी बाँधेर विरोध जनाउने तता सरोकारवालावीच केन्द्रीय तथा जिल्ला स्तरमा छलफल चलाउने, माघ २७ गते एक घण्टा पेन डाउन गर्ने, माघ २८ गते ३ घण्टा पेन डाउन गर्ने र फागुन १ गते सम्पूर्ण स्थानीय निकायका सेवाहरु बन्द गर्ने निर्णय भएको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक चित्र खनालले जानकारी दिएका छन् ।
आफहूले राखेको माग पुरा नभएमा अत्यावस्यक सेवा बाहेक स्थानीय निकायका सवै सेवाहरु अनिश्चितकालिन रुपमा बन्द गर्ने संयुक्त आन्दोलन परिचालन समितिका संयोजक चित्र खनालले बताए ।

प्रतिक्रिया