कहां गयो पैसा अब के गर्ने होला?? कसरी अचानक तरलताको समस्या आयो?

कहां गयो पैसा अब के गर्ने होला??  कसरी अचानक तरलताको समस्या आयो?

प्रथम त्रैमासिकमा निक्षेप भन्दा कर्जाको बृद्दि दर बढि भएको ले तरलता कम हुदै गएको अबश्था एकातिर थियो भने राजश्व संकलन भएको पैसा सरकारको खातामा जम्मा हुदै जाने तर सरकारी बजेट खर्च हुदै नहूने भैरहदा तरलतामा चाप परिरहेकै समयमा भारतिय रुपैया रु 500/1000 को demonetization ले अचानक informally नेपाली बजारमा चल्ती मै रहेको कम से कम रु 15 अरब भारत तर्फ लाग्यो अनी षौष मसान्तमा आय करको पहिलो किस्ता बुझाउदा रु 45 अरब बैकिड़बाट सरकारी खातामा फेरी freeze भयो, यसरी excess भएको liquidity सकियो अनी NLIC को FPO मा थप रु 56 अरब निस्किदा बैक तथा बित्तीयसंस्थाहरुको CCD 80% नाघ्यो र अत्तालिएर जे भन्यो त्यहि रेटमा निक्षेप लान थाले। हिसाब किताब प्रष्टै छ त। जे होस् समस्या बल्झिदैछ; घाउलाई उपचार नगरी चलाउदै राख्यो भने क्यान्सर हुन बेर लाग्दैन है।

जिम्मेवार को?

यो बेला को जिम्मेबार र कस्ले के गर्यो भनेर निर्क्यौल गर्नमा भन्दा जुन समस्या देखिएको छ, यसको उचीत समाधान खोज्न जरुरी छ। अहिलेको अबस्था एउटा सिरक 3 जनाले तानातान पारेर ओड्न खोज्दा सबैलाई चिसो भए झै भएको हो। तानातान मा सिरक ने च्यातियो भने के गर्ने? call deposit खोसाखोस गर्दे जाँदा आफैमा BFIs आत्तीदै FD को rate बढाउदै गए। rate बढाएर deposit बढ्ने होईन। तेहि call deposit को खोसाखोस अनी saving deposit को short term FD मा रुप परिवर्तन मात्रै हो। यसरी cost of Deposit बढ्दासाथ BFIs ले फटाफट loan को रेट बढाउदै loan customer लाई अत्याउन थाले। सबै कुरा abnormal चलीरहेको बेला बैकरले मात्रै यसो गरेनन् उसो गरे भनेर हुदैन। गाडिमा लोन दिए, शेयरमा लोन दिए, जथाभाबी कर्जा बढाए भनेर कुरा हुन्छ। एकै चोटि 4 गुणा पूजी बढाउदा बैकिड़मा कर्जाको growth rate बढि हुनु abnormal होईन। रु. 10 खर्ब भन्दा बढिको महत्वाकांक्षी बजेटमा कति खर्च भयो, रु. 3 खर्ब भन्दा बढिको पूजीगत खर्चको बजेटको अबश्था के छ? पुनर्निमाण प्राधिकरणको रु 200 अरब हाराहारी बजेट र अझै बढि सहायता रकमको खर्च अबश्था के छ? हामी सबैलाई थाहै छ यसैले अहिले छिटो उचीत समाधान समयमा खोज्न जरुरी छ, बैकिड़मा विश्वास कायम राख्न होस् या Economy लाई ठिकठाक राख्नलाई होस् वा सरकार र नियमनकारी निकायको लाज राख्नलाई होस्। दोषी कम बेसी सबै छौ।

के गर्ने?
बैकहरुले:
केहि समय बैकहरु संयमित भएर deposit को दर जथाभाबी बढाउने अनी कर्जाको ग्राहक तर्साउने काम नगर्ने। 2 महिना नआत्तीएर बसौ सरकारी बजेट खर्च हुन्छ अनी स्थीती सहज हुन्छ। कर्जामा जथाभाबी ब्याजदर बढाएर ग्राहक अत्ताउने काम नगरौ। हुलमुल र आधीबेहरीमा अझ बढि संयमित हुनु पर्छ। हामी professional भन्छौ नी आफूलाई। पूंजीबजार नी सहज छैन केहि समयलाई यसैले सबै संस्थाहरु right शेयर दिदै पूजी पुर्याउने होडमा लाग्नु भन्दा उचीत संस्थासंग मर्जर/अक्यीजीसनको बाटो लाग्ने की; पूंजी नी पुग्ने, ब्यबसाय नी पुग्ने, operating खर्च नी घट्ने अनी EPS/ DPS maintain गर्न अनापसनाप कर्जा खोज्दै हिड्न नी नपर्ने।

नियमनकारी निकायले:
जथाभाबी जहांतहि बैकहरुले यो गरे त्यो गरे बिगारै भन्दै नहिडौ। ठिकै हो बैकहरु कर्जा लगानीमा अली आक्रामक भएकै हो तर नी घर, गाडि, शेयर कर्जाहरु प्रवाह गर्दा निर्देशनको दायरा भित्रै रहेर प्रवाह गरेका छन्; गलत गरे कसरी भन्न मिल्ला। 2 दशक भन्दा बढि समय देखी बिग्रीदो राजनैतिक अबश्थाले productive sector भन्ने क्षेत्रको जानकारी हामी सबैलाई थाहै छ। संयमित होउँ, छोरा नालाएक भन्दै हिडे ईज्जत बाउको नी रहदैन। Refinancing को बजेट कम से कम रु . 40 अरब बनाई प्रकियालाई सहज पारौ। सरकारी बजेटकोलागी schedule मा रहेका saving bond हरु अहिले ननिकालौ, सरकारी खातामा पैसा यत्तीकै बचत छ। CCD घटबढको बारेमा म बोल्दिन।

सरकारले:
पूँजीगतखर्च बापतको रकम कम से कम 60% जति release गरौ। जसले रु 180 अर्ब भन्दा बढि रकम system मा आउछ। पुनर्निमाण प्राधिकरणलाई time schedule बनाई खर्च गर्न लगाउ खर्बो रुपैया freeze गरेर बसेको छ। कालीगण्डकी जस्ता ठूला आयोजनाको मुआब्जा रकम छिटो बांडौ।।

ठूला निक्षेपकर्ताले:
Deposit hold गरि गरि 13%, 14% मा लिन बाध्य नतुल्याउ। केहि समय तपाईहरुको मुनाफा अली बढ्ला तर समग्र अर्थतन्त्रलाई चर्को ब्याजले हित गर्देन है।

नेपालमा बैक तथा बित्तीय संस्था पो बढि भएका हुन त size त के नै छ र?? रु 200 अरब बजारमा आओस् liquidity फालाफाल

अहिले एक अर्कोलाई दोष दिन भन्दा समस्याको उचीत हल निकाल्नमा समय खर्चीए बैकिड़को साख कायम रहन्छ। सम्बन्धीत सबैलाई चेतना भया!!

मनाेज ज्ञवालीकाे फेसवुकवाट

प्रतिक्रिया