सत्ता पुग्नु मात्र प्रजातन्त्र होइन

सत्ता पुग्नु मात्र प्रजातन्त्र होइन

दैलेख, फागुन ७ – दैलेख क्षेत्र नं. १ साँसद अम्मरबहादुर थापाले कोही व्यक्ति सत्ता पुग्नु मात्र प्रजातन्त्र होइन भन्नुभएको छ । ६७ औं प्रजातन्त्र दिवस तथा प्रथम निर्वाचन दिवसको अवसर पारेर आज दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा आम सर्वसाधारणले सुख र शान्ति पाउन सके मात्र बास्तविक प्रजातन्त्र हुने बताउनुभयो ।
prajatrantra divashत्यसबखत साँसद थापाले प्रजातन्त्रले दिएको स्वतन्त्रता स्वच्छाचारिता बदलिएकोमा बताउदै आवधिक निर्वाचन हुन नसक्दा विकास बजेटको दुरुपयोग र बेथिति बढेको औल्याउनुभयो ।
पूर्वसभासद् राजबहादुर बुढाले विगतदेखि नै सबै परिवर्तन र समृद्धिको अभ्यासलाई भारतले अवरोध गर्ने गरेको र अहिले संविधान कार्यान्वयनमा वाधा सिर्जना गरेको बताउनुभयो । सोही प्रसंगमा पूर्वसभासद् बुढाले टिप्पणी गर्नुभयो ‘आफू हात बाँधेर बस्ने अनि जयनेपाल भनेर देश जोगिदैन, स्वाधीनता जोगाउन राष्ट्रको हितमा काम गर्नुपर्छ ।’
स्थानीय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल बार एशोसियसनका अध्यक्ष, नेपाल मानवअधिकार संगठनका अध्यक्ष लगायतले प्रजातन्त्र दिवसको महत्व बारे बोल्नुभएको थियो ।
२०१५ फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको दिनको अवसरलाई सम्झेर यसै वर्षदेखि निर्वाचन दिवस मनाउन थालिएको हो । प्रथम निर्वाचन दिवसको अवसरमा निर्वाचन आयोगले काठमाण्डौंमा गरेको राष्ट्रिय स्तरको कार्यक्रममा दैलेखका निर्वाचन अधिकारी भक्तबहादुर कार्र्की देशभरमै उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत हुनुभएको छ ।

प्रतिक्रिया