नौमुलेमा आई एम ई सेवा सुरु

नौमुलेमा आई एम ई सेवा सुरु

दैलेख, फागुन ११ । फागुन–ग्रामिण भेगका सर्वसाधारणको सेवाको लागि दैलेखको नौमूलेमा आई एम ई सेवा सुरु गरिएको छ । पछिल्लो समय देशको सबै ठाउँमा पैसा पठाउन र बिदेशबाट आएको पैसा झिक्न सहज छिटो छरितो बिश्वासिलो र बिश्वस्नीय माध्यम बनेको आई एम ई सेवा मंगलवारदेखि नौमूलेवाट पनि सुरु भएको हो ।
बिदेश लगाएत देसको जुनसुकै ठाउँ बाट पनी आएको रकम लिन जिल्लामा जानु पर्ने लामो समय लाईनमा बस्नु पर्ने समस्याको अन्त्य भएको छ । बिश्वको कुनै पनी देसबाट आएको रकम तुरुन्त्यै निकाल्न सकिने र देसको जुनसुकै ठाउमा पैसा पठाउन पाईने भए पछी नौमुले भेगका स्थानीय खुसी भएका छन् ।
अब बिदेसमा बस्नेले आफ्नो घर वा आफन्तलाई पैसा पठाउन परेमा नौमूले मनिट्रान्सफरले तुरुन्त्यै सेवा दिने संचालक हरि थापाले जानकारी दिए । नौमूले मनी ट्रान्सफरको मंगलवार उद्घाटन कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ नौमूले उपसमितिका अध्यक्ष भगिराम बुढाले नौमूले क्षेत्रमा आइ.एम ई को आवश्यकता भएका वेला नौमूले मनी ट्रान्सफर स्थापन हुनु महत्वपूर्ण भएको बताए । ‘यहाँका सर्वसाधारणलाई गाउँवाट एक दिनको वाटो हिडेर सदरमुकामवाट पैसा झिकेर ल्याउन निकै समस्या थियो’ अध्यक्ष बुढाले भने, ‘अव दूई चार सय रुपैया पनि वच्ने भो र अवश्यक परेको वेला पनि पैसा झिक्न सजिलो हुने भयो ।’ यस नौमूले मनी ट्रान्सफर सेवावाट नौमुले इलाकाका कालीका, द्धारी, वालुवाटार, सल्लेरी चौराठा, तोली र नौमुले गाविसका सेवाग्राहीहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
आइ एम ई सेवावाट नौमूले इलाका लगाएत कालीकोट जिल्ला र जाजारकोट जिल्लाका आसपासका स्थानीयलाई पनि सहज हुने एमाले नेता सन्तबहादुर चन्दले बताए । आई एम ई सेवा इलाका नं. ३ को महत्वपूर्ण भएकाले यस सेवालाई नियमित संचालन गर्न सके यस क्षेत्रको आर्थिक क्षेत्रमा सहयोग पुग्ने उनले बताए । साथै उनले सदरमुकाम पुगेर पैसा ल्याउदा चोरी हुने समस्या पनि हटेको बताए । आइ एम ई सेवाले सदरमुकामवाट मात्र नभई दुर्गम क्षेत्रवाट पनि सेवा विस्तार गरेकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा पनि नियमिति संचालन गर्न मनकामना इटरप्राइजेज दैलेखका सनोज मेहर कायस्थले आग्रह गरे । उद्घाटनको दिन नौमूले ९ की सीता सलामीले मलेसीयावाट आफन्तले पठाएको ५२ हजार ८ सय ३० रुपैया झिेकेर खुसी व्यक्त गरिन् । उद्घाटनको पहिलो दिन करिव आठ लाख बराबरको कारोवार भएको संचालक थापाले बताए ।

प्रतिक्रिया