दैलेख पर्यटन महोत्सव सुरु

दैलेख पर्यटन महोत्सव सुरु

jjjदैलेख, फागुन १२ । दैलेख जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सब विहीबार दैलेख सदरमुकाम दैलेखमा सुरु भएको छ । एक भव्य कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले महोत्सवको उद्घाटन गरे ।
स्थानीय काँडाचौरमा २२ गते सम्म संचालन हुने दैलेख पर्यटन महोत्सबको उद्घाटन गर्दै मन्त्री शाहीले दैलेखको पर्यटन विकासका लागि पर्यटन क्षेत्रको पहिचान र योजना आवश्यक रहेको बताएका छन् । उनले महोत्सवले दैलेखलाई नेपालमा र अन्तर्राष्ट्रियजगतमा पहिचान दिलाउने विश्वास गरे । उनले महोत्सवमा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै यसले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए । उनले दैलेखलगायत समग्र प्रदेश नम्बर ६ पर्यटन उद्योगका लागि महत्वपूर्ण क्षेत्र भएको बताए । उनले यस क्षेत्रले भारतीय धार्मिक पर्यटकलाई आकर्षित गर्ने बताँदै त्यसका लागि पर्यटनमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए ।
उद्घाटन कार्यक्रममा जिल्लास्थित दलहरुका तर्फबाट वोल्दै नेमकिपा दैलेखका सचिब रत्नेस श्रेष्ठले मन्त्रीसमक्ष जिल्लावासीका लिखित माग राखेका थिए । उनले दैलेखलाई पर्यटन क्षेत्र घोषणा गर्नुपर्ने, दैलेखको पर्यटन विकासका लागि मन्त्रालयले योजना बनाउनुपर्ने लगायतका माग राखेका थिए । कार्यक्रममा जिल्लाका सांसदहरु अम्मरबहादुर थापा, लक्ष्मी पोखरेल र सरला रेग्मीसमेत महोत्सवले दैलेखका पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
यसअघि बिहीबारै पे्रस युनियन दैलेखद्धारा वेलासपुर मन्दीर परिसरमा आयोजित पत्रकार भेटघाटमा जिल्लाका पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नु पर्ने र चरणबद्ध रुपमा बिकास गर्नुपर्ने बताएका हुन् । उनले पर्यटकिय क्षेत्रहरुको चर्चा धेरै भए पनि काम भने हुन नसकेको बताए । पर्यटकिय क्षेत्रहरुको पहिचान, सूची बनाउदै विकासका लागि गुरु योजना बनाउनुपर्नेमा उनले जोड दिए । जिल्लाको पर्यटन बिकासका लागि राज्य र निजि क्षेत्रको सहकार्य हुनुपर्ने उनको भनाई थियो । पछिल्ला बर्षहरुमा लगानीहरु बढ्दै गए पनि उपलब्धी खासै नदेदिएको भन्दै उनले त्यसका लागि अब पहिचान र क्रमागतरुपमा पर्यटकिय क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
पर्यटन बिकासका लागि लगानी, पूर्वाधार बिकास, राजनितिक स्थितरता, सुरक्षा र प्रचार प्रसार हुनुपर्नेमा उनले जोड दिए । पर्यटकिय विकासका लागि ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थलको संरक्षण गरी एकीकृत पर्यटन विकास गर्न सके दैलख जिल्ला पर्यटकिय गन्तव्य स्थल बन्ने सम्भावना रहेको मन्त्री शाहीको भनाई छ । उनले पर्यटकीय क्षेत्रको एकीकृत र योजनाबद्ध ढंगले प्रचार–प्रसार गरी पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु पर्ने बताए । साथै उनले प्रदेश नं. ६ को समग्र पर्यटन विकासमा सहयोग पुग्ने उद्देृश्यले सुर्खेतमा पर्यटन कार्यालय स्थापना गरिने बताए । कार्यक्रम पे्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीको सभापतित्वमा भएको थियो ।

महोत्सबका लगि दैलेख सदरमुकाम दैलेख बजारमा विभिन्न व्यानरले झकिझकाउ पारिएको छ । पर्यटन महोत्सब संगै दैलेख सदरमुकाममा घुइचो बढेको छ । दैलेखलाइ पर्यटन गन्तब्य जिल्ला बनाउन र यहाँका सम्पदाहरुको बास्तविकता खोजी गरि राज्यले ठोस र नीतिगत रुपमा दैलेखको बिकासका लागि आफुहरुले इतिहास लेखनको सुरुवातका लागि पर्यटन महोत्सबको आयोजना गरिएको महोत्सब मुल समारोह समितिका संयोजक बिष्णु शर्माले जानकारी दिएका छन् । महोत्सब स्थल दैलेखको काँडाचौरको सररक्षाका लागि १७ वटा सि.सि. क्यामेरा जडान गरिएको छ । एभरेष्ट कम्यूटर दैलेखको सहयोगमा सि.सि. क्यामेरा जडान गरिएको हो । महोत्सबमा १४० भन्दा बढी स्टल राखिएको आयोजकले जानकारी दिएको छ । सि.सि. क्यामेराको मद्धतले महोत्सव अवधिभर हो हल्ला गर्ने र उऋंखल कार्य गर्नेहरुलाई तत्काल कारवाही गर्न सकिने व्यवस्था समेत आयोजकले मिलाएको छ । थप सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय दैलेखको ५० जना सुरक्षा कर्मी काँडाचौरमा राख्ने व्यस्था मिलाएको छ । सदरमुकाम दैलेख बजारमा निर्माण सुरु गरिएको साहारे खानेपानी आयोजनाको पाइप लाइन विस्तार कार्यले महोत्सव हेर्न आउने दर्शकहरुलाई अवरोध पुग्ने भएकोले बुधवारदेखि पाइप लाइन विस्तार कार्यलाई रोकिएको छ । निर्माणको जिम्मा लिएको सुमेक चन्द्र एण्ड बसन्त जे.भि.ले ११ र १२ गते काम बन्द गर्ने जानकारी दिएको छ । दैलेख पर्यटन महोत्सवमा बिभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरुले बिभिन्न साँगितिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन् । महोत्सबमा दैलेख जिल्लामा उत्पादित विभिन्न कृषि उपज बस्तुुहरुको खरिद बिक्री समेत गरिने भएको छ ,। दैलेख लगाएत अन्य जिल्लाहरुबाट पनि महोत्सबका लागि विभिन्न कृषि उपज बस्तुहरु ल्याइएको छ । छ ।

प्रतिक्रिया