बालमैत्री स्थानीय शासन सम्बन्धि अवलोकन भ्रमण

बालमैत्री स्थानीय शासन सम्बन्धि अवलोकन भ्रमण

कर्मचारीहरुको क्षमता विकास गर्न र बालमैत्री स्थानीय शासन घोषणा भएका गाविस र जिल्लामा भैरहेका राम्रा अभ्यासहरुको अवलोकन गरी आफ्नो जिल्लामा लागु गर्न पूर्व तयारी गर्ने उद्धेश्यले सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेख र सेभ चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले अवलोकन भ्रमण गरेको छ । जिल्ला विकास समितिको कार्यालय दैलेखको सहकार्यमा सम्पन्न भ्रमणमा परियोजना तथा दातृ निकायका कर्मचारी, साझेदार संस्थाका प्रतिनिधि र जिल्लास्थित विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।

Kalika bikas kendra ma bhayao ko meeting Visit Pyuthanदैलेख र कालिकोट जिल्लाको संयुक्त भ्रमण टोलिले प्यूठान जिल्लाको भिंग्री गाविसको अवलोकन गरेको छ । उक्त गाविस बाल मैत्री स्थानीय शासन घोषणा भएको गाविस हो ।

स्थानीय निकाय तथा केन्द्रिय निकायहरुबाट स्थानीय तहमा बालबालिकाहरुको क्षेत्रमा सञ्चालन हुने बाल बालिका सम्बन्धि योजना तथा कार्यक्रमलाई नतिजामुखि एवम् प्रभावकारी बनाउन बालमैत्री स्थानीय शासन सफल भएको भ्रमण टोलिका सहभागी तथा जिल्ला विकास समितिका सूचना अधिकृत शम्शेर बहादुर शाहीले बताए । उनले थपे, भ्रमण अवलोकनका क्रममा हामीले सिकेका ज्ञान तथा उक्त क्षेत्रमा भएका सफल अभ्यासहरु हाम्रो जिल्लामा पनि लागु गर्न आवश्यक छ । शाही, जिल्ला विकास समिति अन्तर्गत बाल मैत्री स्थानीय शासनका सम्पर्क व्यक्ति पनि हुन ।
अवलोकन भ्रमणले कर्मचारीहरुलाई बाल मैत्री स्थानीय शासन सम्बन्धि जानकार हुनुका साथै अन्तरनिहित क्षमताको विकास गर्न महत्वपूर्ण भएको सामाजिक परिचालक दिनेश खड्काको भनाई थियो । उनले थपे, घोकेको भन्दा देखेको शिक्षा धेरै गुणा लाभदायक हुदोरहेछ । हामीले स्थानीय शासन सम्बन्धि अध्ययन र तालिम त प्राप्त ग¥यौ तर लागु भएको गाविसमा बाल बालिकाको स्थिती के कस्तो हुन्छ भन्ने जानकारी थिएन् । यो भ्रमणले हामीलाई आगामी दिनमा काम गर्न सजिलो बनाएको छ खड्काको भनाई थियो ।

स्थानीय निकाय, विषयगत कार्यालय, गैह्र सरकारी संस्था, नीजि क्षेत्र, विकास साझेदार र स्थानीय समुदायको साधन र श्रोत लाई सहि परिचालन गर्न सकेको अवस्थामा मात्रै जिल्ला तथा गाउ विकास समितिहरुलाई बाल मैत्री स्थानीय शासन घोषणा गर्न सकिने सोसेक नेपाल, दैलेखको सहयात्रा परियोजनाका बाल संरक्षण अधिकृत नवराज वि.सी.ले बताए । उनले थपे, बाल मैत्री स्थानीय शासन गाविस घोषणा तयारीका लागि स्थानीय निकाय र साझेदार संस्थाले बाल बालिका लक्षित कार्यक्रममा मात्रै वार्षिक झण्डै ३० देखि ४५ लाख बजेट खर्च गरेका रहेछन् । बाल मैत्री स्थानीय शासनको सेवा प्रवाहका लागि बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागीता सँग सम्बन्धि २७ र संस्थागत विकासका १२ सूचक पूरा गर्न स्थानीय निकाय र जिल्लास्थित विषयगत कार्यालयको महत्वपूर्ण भूमिका रहन्छ । मानविय श्रोत र सिमित बजेट बाल मैत्री गाविस तथा जिल्ला घोषणा का लागि चुनौतीपूर्ण भए पनि सामाजिक सेवा केन्द्रले विभिन्न विषयगत निकाय तथा साझेदार संस्थाहरुको सहकार्यमा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दै आएकोे उनको भनाई थियो ।

भ्रमण टोलिले जिल्ला विकास समितिको कार्यालय प्यूठान, साझेदार संस्था कालिका विकास केन्द्र, नमुना गाउ विकास समिति भिंग्री र विद्यालय तथा बाल क्लवको अवलोकन गरेको थियो ।

प्रतिक्रिया