दोस्रो संविधानसभामा बाँडिएको मतदाता परिचयपत्र अस्वीकृत

दोस्रो संविधानसभामा बाँडिएको मतदाता परिचयपत्र अस्वीकृत

२३ फागुन, काठमाडौं । तपाई ०७० सालमा निर्वाचन आयोगले बाँडेको फोटोसहितको मतदाता परिचय पत्र बोकेर भोट हाल्ने तयारीमा हुनुुहुन्छ ? ढुक्क नहुनुस्, निर्वाचन आयोगले उक्त परिचय पत्र अस्वीकार गर्दै नयाँ परिचयपत्र छाप्ने भएको छ । नयाँ निर्वाचन ऐनले मतदातालाई मतदानको लागि अनिवार्य मतदाता परिचय पत्रको व्यवस्था गर्न भनेकाले नयाँ मतदाताका लागि नयाँ परिचयपत्र छपाउन लागेको आयोगले जनाएको छ । अब आउने मतदाता परिचय पत्रमा बार कोड समेत उल्लेख हुनेछ । निर्वाचन आयोगले मतपत्र छपाउनका लागि सूचना प्रकाशित गरिसकेको छ ।निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने स्थानीय चुनावका लागि ०७० सालको निर्वाचनमा प्रयोग भएको मतदाता परिचय पत्रलाई मान्यता नदिने निर्णय गरेको हो ।

निर्वाचन आयोगमा करिब १ करोड ४० लाख मतदाताले फोटोसहितको आफ्नो विवरण दर्ता गराएका छन् ।

मतदान केन्द्र परिवर्तन गर्न नपाइने

यस्तै आयोगले अब कुनै पनि मतदाताले आफ्नो मतदाता नामावली स्थान्तरण गर्न नसक्ने बताएको छ । बसाइँ सराइका आधारमा मतदाताले आफ्नो मतदान केन्द्र परिवर्तन गर्न सक्ने सुविधा रोकिएको आयोगले जनाएको छ । अब मतदाताले जुन मतदान केन्द्रमा आफ्नो नाम छ, त्यही केन्द्रबाट मत दिन र उमेदवार हुन पाउनेछन् ।

 

 

प्रतिक्रिया