उद्योग वाणिज्य संघको आठौ वार्षिक साधारण सभा सम्पन्न

उद्योग वाणिज्य संघको आठौ वार्षिक साधारण सभा सम्पन्न

समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि पर्यटन र व्यापार भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारण सभा तथा भवन उदघाटन् कार्यक्रम सम्पन्न भएको छ । साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामना गर्नुपरेको उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्माले बताए । बन्द, हड्ताल, लोडसेटिङ्ग,न्यून भोल्टेज, घर बहाल समस्या, उद्योग वाणिज्य संघमा भएको नीतिगत समस्या, भन्सार तथा अन्डर विलिङ्गको व्यवस्थापन हुन नसक्नु र मिसम्याच जस्ता समस्याहरु भएको शर्माको भनाई थियो । उनले थपे, व्यवसायीहरुको क्षमता विकास गरी समस्याको पहिचान गर्नुका साथै व्यवसायको प्रवद्र्धन गरी जिल्लालाई प्रदेश नं ६ को व्यापारीक नाकाको रुपमा विस्तार गर्न संघले निरन्तर प्रयास गरिरहेको छ । NCC Dailekh
देशमा उत्पादनशिल जमिनको कमि छैन् । उर्जा उत्पादन र पर्यटन् विकासका प्रसस्त सम्भावनाहरु देखिन्छन् । श्रमको लागि जनशक्तिको कमि देखिदैन । उत्पादित वस्तुको बजारीकरणका लागि राम्रो सम्भावना भए पनि कृषि वस्तु तथा उत्पादनमा आत्मनिर्भर नभई अरुको सुनिश्चित बजार भएको हुदाँ आफु दुखि भएको शर्माले बताए ।
राष्ट्रकै महत्व बोकेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै द्धारी, नौमुले, डाडापराजुल लघुजलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका र पेट्रोलियम, तामा, काइनेटिक जस्ता खनिज पदार्थहरु पाईने सम्भावना भएको हुदाँ पनि यसको अनुसन्धान र उत्खनन गर्न आवश्यक भएको जिल्ला उद्योघ बाणिज्य संघ दैलेखका महासचिव नरेन्द्र थापाको भनाई थियो । दैलेख विभिन्न जातजाति को उद्गम स्थल तथा पञ्चकोशी लगाएत धार्मिक स्थल भएकाले यसलाई पर्यटकिय रुपमा विकास गर्दा राष्ट्रकै अर्थतन्त्रमा योगदान पुग्ने थापाले बताए ।
अबको स्थानीय निकायमा नीजि साझेदारीको अवधारणालाई अगाडी ल्याउनु पर्ने नेपाल उद्योग वाणिज्य सँघका पूर्व अध्यक्ष तथा वार्षिक साधारण सभाका प्रमुख अतिथि चण्डीराज ढकालले बताए । आर्थिक श्रोतको पहिचान गरी त्यसलाई निरन्तरता दिनु आजको आवश्यकता भएको ढकालको भनाई थियो । उनले थपे, अर्थतन्त्र र राजनीतिलाई समानन्तर रुपमा लैजानु पर्छ । बलियो अर्थतन्त्रविना स्थायी राजनीतिको परिकल्पना गर्न पनि सकिदैन् ।
नवनिर्मित सुविधा सम्पन्न भवनमा आधुनिक प्रविधिको प्रयोग गरि दक्ष जनशक्ति द्धारा नियमित प्रभावकारी सेवा प्रवाह गर्ने, जिल्लाको कला संस्कृतिको जगेर्ना गर्दै सम्भाव्य पर्यटकिय क्षेत्रको खोज तथा पहिचानका साथै पर्यटन प्रवद्र्धन् र संरक्षण सम्बद्र्धन लागएतका कार्यहरु आगामी दिनमा सञ्चालन गर्ने संघले कार्ययोजना बनाएको छ । साधारण सभामा संघका केन्द्रि सदस्य, पूर्व उपाध्यक्ष र विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो । करिब २४ सय व्यापारी आवद्ध रहेको संघको आ.व. २०७२÷०७३ को वार्षिक आम्दानी २५ लाख ९८ हजार ४ सय ६५ रहेको छ ।

प्रतिक्रिया