आनन्द बजार प्रहरीको सुरक्षामा, छ सय प्रहरी तैनाथ

आनन्द बजार प्रहरीको सुरक्षामा, छ सय  प्रहरी तैनाथ

हेमन्त न्यौपाने आनन्दबजार, २८ फाल्गुन सिमा विवाद पछि चर्किएको आनन्दबजारको मुद्दाले गोविन्द गौतमको मृत्यु भएपछि शुक्रबार २० हजार नेपाली जनता घटना स्थलमा पुगि भारत तर्फ ढुंगामुढा गरेका थिए ।

kanchanpurजवाफमा भारतले २२ राउण्ड हवाइ फायर र १७ राउण्ड असुरग्यास प्रहार गरेको थियो, नेपाल तर्फबाट भने २ राउण्ड असुरग्यास प्रहार भएको थियो । आज नेपाल प्रहरी र ससस्त्र प्रहरीको ६ सय जवानले ६ वटा सुरक्षा कवज बनाएर आन्दोलित नेपालीलाई आनन्दबजार प्रवेशमा रोक लगाएपछि आनन्दबजार र सिमा क्षेत्रमा आज आक्रोशित जनता पुग्न सकेका छैनन् । आक्रोशित स्थानीयहरु मृतकको परिवारलाई सरकारले सहिद घोषणा गरेपनि दोषीको पहिचान गरि अपराधीलाई कारबाहीको दायरामा नल्याए सम्म शवलाई पोष्टमार्टम हुन नदिने बताएका छन । आक्रोशित प्रतीक बिष्टले दस लाख रुपैयाँ क्षतिपुर्ती र सहिद घोषणाले मात्र न्याय नपाउने भन्दै पहिले भारतले दोषीको पहिचान गरि कारबाहीको दायरामा नल्याए सम्म र अन्तरास्ट्रिय छानबिन टोलिले हत्या पुष्टि नगरुन्जेल शवलाई पोष्टमार्टम र अन्त्यष्टी गर्न नदिने बताउछन । आज कञ्चनपुर पुनर्वासको उद्योग बाणिज्य संघमा कञ्चनपुरका राजनैतिक दलहरुले अब कसरी एकजुट भएर आवाज उठाउने भन्ने बारे छलफल गरिन लागेको माओवादी केन्द्रका कञ्चनपुर जिल्ला संयोजक वीर बहादुर थापाले जानकारी गराए ।

 

प्रतिक्रिया