गिटी कुटेर श्रीमानको उपचार

गिटी कुटेर श्रीमानको उपचार

निर्मल अधिकारी
दैलेख– नारायण नगरपालिका ४ स्थित पिपलडाडा नजिकै वसोवास गर्ने वर्ष ४० कि विष्णा कटुवालले गिटी कुटेर दिन बिताउने गरेकी छिन् । दैलेख नौमुले सडकको तामे खोला नजिकै सडकको छेउमा गिटीको थुप्रो देखिन्छ । त्यो उनैले कुटेकी हुन् । गर्मिको रापमा पसिना पुछ्दै दैनिक ८ देखि १० कट्टा कुट्ने गरेको कटुवालले बताईन् ।Bisna
उनका श्रीमान वर्ष ४५ का कर्ण बहादुर कटुवाल विगत १ वर्ष देखि पक्षघात रोग बाट थलिएका छन् । पक्षघात रोगकै कारण कटुवालको बायाँ तिरको कुनै पनि भाग चल्दैन् । झिमेकिको सहयोगमा उपचार गरिन् । भण्डै २÷३ लाख खर्च भयो । तर श्रीमानको स्वास्थ्यमा सुधार नआएको उनको भनाई थियो । उनले थपिन, छिमेकीलाई तिर्नुपर्ने ऋण धेरै छ । डाक्टरले उपचार गर्न पुन ः आउनु भनेको छ तर पैसा छैन् । खेतबारी विक्रि ग¥यो भने घरमा खाने केही छैन् । पैसाको अभावमा श्रीमानको उपचार गर्न नसकेको उनले दुःख व्यक्त गरिन् ।
“सास हुन्जेल आस हुन्छ” भने जस्तै गिटी कुटेरै भए पनि एक पटक श्रीमानको उपचार गर्ने सोच बनाएकि विष्णा भन्छिन् श्रीमान निरोगी हुदाँ दुःख थिएन् । भारतबाट कमाएर भए पनि घरखर्च चलेको थियो । सानो तिनो गर्जाे टार्न ऋण काढनु पर्थेन् । अहिले २ छोरा र २ छोरीको पढाई खर्च जोहो गर्न समेत गाह्रो भएको विष्णाको भनाई थियो ।
सरकारले ठुला रोगहरुमा उपचार खर्च दिन्छ भन्ने जानकारी नपाएकी विष्णाको लागि जिन्दगी न गरि खानु न मरिजानु जस्तै भएको छ । उनलाई निशुल्क उपचार खर्चका लागि बाटो देखाईदिने र सहयोग गर्ने पनि कोही छैनन् । राज्यले दिने सेवा सुविधा यस्ता गरिव र विपन्न वर्गको पहुँचमा अझै पुग्न सकेका छैनन् । उनी भन्छिन् कसैले सहयोग गरेको भए मेरो श्रीमानको उपचार हुने थियो ।

प्रतिक्रिया