फोहर मुक्त हुदै ग्रामिण वस्ति

फोहर मुक्त हुदै ग्रामिण वस्ति

निर्मल अधिकारी
दैलेख, केही समय अगाडी सम्म बाटोमा हिड्दा दिशा देखियो भने गाउँ आएको संकेत हुन्थ्यो । जो सुकैले पनि सहजै अनुमान गर्थे अब गाउ आउदैछ भनेर् । त्यो वस्तिको सभ्यता फोहर र सरसफाईले झल्काउथ्यो । चिटिक्क परेका घर र सफा बातावरण देखेमा बाहुन क्षेत्री र फोहर देखेमा विपन्न समुदायको वसोवास रहेको आँकलन गरिन्थ्यो ।

?
?

अहिले समाज विस्तारै परिवर्तन हुदैछ । चाहे विपन्न होस वा सम्पन्न् जो सुकै भए पनि उनीहरुका घर आगन सफा र चिटिक्क परेका हुन्छन् । घर नजिकै पानीको धारा र फोहर फाल्ने व्यवस्था गरिएको हुन्छ । भाडा सुकाउने चाङ्ग र फोहर छोएपछि हात धुने बानी परेको छ । हरेकका घरमा शौचालय छन् । अनि विद्यालयमा पनि बालबालिकालाई फोर छोएपछि साबुन पानिले हात धुन सिकाइएको छ ।
तोलि ६ का अनिल वि.क. भन्छन् मान्छेले आफ्नो बानी व्यवहार सुधार्न धेरै समय लाग्दो रहेछ । माध्यामिक शिक्षा पुरा गरी सरसफाईको बारेमा देखेका र जानेका वि.क.ले आफ्नो समुदाय सफा बनाउछु भन्दा पनि कैयौं वर्ष सम्म सकेनन् । एक्लो प्रयासबाट केही सकिदो रहेन्छ । सबै चेतनशिल र जागरुक भए मात्रै घर परिवार र समुदाय राम्रो बनाउन सकिने वि.क.ले अनुभव सुनाए । अहिले समुदायमा सरसफाईका लागि अभियान चलेको छ । सबै जागरुक छन् । अनि हाम्रा घर, आगन र टोल सफा भएको वि.क.को भनाई छ ।
तोलि बजारका प्रत्येक घरमा फोहर मलाई भनेर लेखिएको छ । बासँको चोयाबाट बनाइएको फोहर फाल्ने भाडामा प्लास्टिकका साथै नगल्ने वस्तु फालिन्छ । गल्ने वस्तु फाल्ने छुट्टै खाल्डा छन् । बजारमा कतै पनि प्लास्टिकका झोला, खोष्टा देख्न सकिदैन् । सुर्ति, चुरोट र गुट्खाका खोष्टापनि त्यही भाडोमै फाल्ने गरिन्छ ।
चेतनाको अभावकै कारण पहिला सुधार गर्न नसकिएको चन्द्रा वि.क. बताउछिन् । उनी भन्छिन् फोहर गरेमा रोग लाग्छ भन्ने त थाहा थियो तर के गर्नु समुदायमा एक्लै गर्न असम्भव रहेछ । अहिले सबै जागरुक भए सरसफाईमा पनि सुधार आएको छ ।
पहिला फोहर फाल्ने खाड्ल बनाउ भन्दा पैसा छैन् भन्थे । अहिले गाउ ठाउमै भएको बास पनि सदुपयोग भएको छ । सानो तिनो काम गर्न पैसाकै मुख ताक्नु नपर्ने खानेपानी तथा सरसफाई समतिका अध्यक्ष धनबहादुर बुढा बताउछन् । उनी भन्छन् जागर र सीप भयो भने श्रोत हाम्रै गाउ ठाउमा छ । आखिर धेरै लगानी गर्नुपर्दैन् नत समयनै खर्च हुन्छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा सञ्चालित ग्रामिण जलश्रोत परियोजना लागु भएपछि समुदायमा देखिने गरि परिवर्तन भएको छ ।

प्रतिक्रिया