बाल संरक्षण तथा मामिला व्यवस्थापन सम्बन्धि तालिम

बाल संरक्षण तथा मामिला व्यवस्थापन सम्बन्धि तालिम

दैलेख, गाउ बाल संरक्षण तथा संवद्र्धन उपसमितिको काम कर्तव्य र अधिकारका साथै पारा सामाजिक कार्यकर्ताको भूमिका सम्बन्धि जानकारी दिने उदेश्यले बाल संरक्षण तथा मामिला व्यवस्थापन सम्बन्धि १ दिने पुनर्ताजकिकरण तालिम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालयको समन्वय र सेभ द चिल्ड्रेको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले आयोजना गरेको उक्त तालिममा पारा सामाजिक कार्यकर्ता, गाउ बाल संरक्षण तथा संवद्र्धन उपसमितिका पदाधिकारीहरु सहभागी भएका थिए ।

?
?
?
?

बालबालिका भविश्यका कर्णधार मात्रै नभएर बर्तमानका साझेदार पनि भएकाले राज्यका हरेक निकायमा बाल सहभागितालाई सुनिश्चित गरिनुपर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । उनले थपे, बाल अधिकारको संरक्षण र सम्बद्र्धन्का लागि बाल विवाह न्यूनिकरण गर्न आबश्यक भएको छ । ‘विहेवारी २० वर्ष पारी’ भन्ने सामाजिक सेवा केन्द्रको नीतिलाई सहकर्मी सबै साथीहरुले अवलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।
अहिले जिल्लामा २ सय ५२ बालविवाह रोकिएको जानकारी दिदै थापाले भने बाल दुव्र्यवहार, बाल हिंसा, बालविवाह लगाएतका घटनाहरुको बारेमा तत्काल सम्बन्धित निकायलाई जानकारी दिन संस्थाको टोल फ्रि नं पैसा नलाग्ने र वाल हेल्पलाईन १०९८ मा सम्पर्क गर्नुहोला ।
समाजमा हुने वा भइरहेका बाल विवाहको रोकथाम र न्यूनीकरणका लागि समस्या भएको साविकको लालिकाडा गाविसकी पारा सामाजिक कार्यकर्ता चन्द्रा वलीको भनाई छ । बाल विवाहले निम्त्याउने असरकाबारेमा जानकारी दिन सकिन्छ तर भइरहेका बाल विवाहनै रोक्दा समाजमा विरोधी हुनुपर्ने बाध्यता भएको वलीले बताईन् । वर्षाै देखि समाजमा जरा गाडेर बसेको परम्पराका विरुद्ध हामी एकलैले आवाज उठाउन असम्भव भएकाले सबैको सहकार्यको आवश्यकता भएको वलीको भनाई थियो ।
बाल विवाह न्यूनिकरण लगाएत बाल दुव्र्यवहारका विरुद्ध बालबालिका आफ्ै एकजुट हुनुपर्ने साविकको चामुण्डा गाउ विकास समितिका गाउ बाल संरक्षण तथा संवद्र्धन उपसमिति संयोजक गोविन्द सुवेदी वताउछन् । उनी भन्छन् जो अन्यायमा परेको छ उही पहिला जागरुक बन्नु पर्छ । बाल संरक्षण उपसमितिले गाउमा बालबालिकाको हक अधिकारका लागि राम्रो काम गरेको सुवेदीको भनाई थियो । तालिममा गाउ बाल संरक्षण तथा संवद्र्धन उपसमितिको काम कर्तव्य र अधिकार, जोखिममा रहेका बालबालिकाको पहिचान, दर्ता, स्याहार योजना र जोखिममा रहेका बालबालिकाको सिफारिस प्रणालीका साथै घटना व्यवस्थापन सम्बन्धि जानकारी गराईएको परियोजनाका कार्यक्रम अधिकृत नवराज वि.सी.ले बताए । तालिममको सहजीकरण सहयात्रा परियोजनाका बासुदेव भटराई, रमेश थापा र जिल्ला बालकल्याण समितिका डम्बर रोकायले गरेका थिए । उक्त तालिममा २४ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया