सचेत हुदै विपन्न समुदाय ः आयआर्जनमा सहयोग हुनुपर्ने माग

सचेत हुदै विपन्न समुदाय ः आयआर्जनमा सहयोग हुनुपर्ने माग

दैलेख –एइआइइएन लक्जेम्बर्ग आर्थिक सहयोग तथा टिडिएच जर्मनी नेपाल कार्यक्रमको सहजीकरणमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले सञ्चालन गरेको ‘महिला युवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम’ को प्रभावकारीताको लागि साझेदार संस्था र कार्यान्वय संस्थाको एक टोलिले अनुगमन गरेको छ । अनुगमनका क्रममा परियोजनाले विगतमा सञ्चालन गरेका गतिविधिका कारण समुदायको क्षमता विकास भएको हुदाँ आगामी दिनमा आय आर्जन बढाउने लगाएतका क्रियाकलापमा दातृ निकायले सहयोग गर्नुपर्ने समुदायले सुझाव राखेका थिए ।visit bansi Visit Bhairi visit bhairi with women Visit Badakhola

कार्यक्रम लागु हुनु भन्दा पहिला बाल अधिकारको बारेमा कुनै पनि जानकारी नपाएको साबिकको भैरीकालिकाथुम गाउ बाल सञ्जालका अध्यक्ष गणेश रिजालले बताए । उनले थपे, सामाजिक सेवा केन्द्रले युवा तथा बाल बालिकाको लागि कार्यक्रम सञ्चालन गरेपछि अहिले बाल अधिकारको बारेमा जानकारी प्राप्त भएको छ । त्यति मात्रै नभएर गाविसमा रहेका बालबालिकाहरु एकजुट भै वडा तथा गाविसस्तरीय बाल सञ्जालमा आवद्ध भएर समाजमा सकारात्मक कामहरु समेत गरेका छन् । विद्यालय बाहिर रहेका बालबालिकाहरु नियमित विद्यालय आउने गरेको, वाल विवाह न्यूनिकरण भएको, सिकाई उपलब्धिमा बृद्धि भएको रिजालले बताए । बाल क्लव सञ्जालको सक्रियतामा विद्यालय बाहिर रहेका १५ जना बालबालिकालाई विद्यालयमा ल्याउन सफल भएको उनको भनाई थियो ।

आफ्ना पिरमर्का पोख्न नसक्ने महिलाहरु अहिले अधिकारका कुरा गर्न जानेको भैरीकालिकाथुमकै महिला सञ्जालकी अध्यक्ष सीता विकले बताईन् । उनले थपिन, हाम्रो लागि यो कार्यक्रम त भगवान आए जत्तिकै भएको छ । गाविसमा महिला लक्षित बजेट पनि हुन्छ भन्ने हामीलाई जानकारी थिएन् । अहिले सञ्जालको सक्रियतामा महिला लक्षित बजेट विनियोजन, कार्यान्वयन र अनुगमनमा समेत महिलाहरुकै सहभागीता हुने गरेको छ । जन्मे देखि मरुन्जेल सम्म सिक्नु पर्ने धेरै कुरा हामीले जान्न पाएका छौं । अब हामीलाई रोग र भोकबाट मुक्तिका लागि तपाईहरुको सानो सहयोग आवश्यक भएको उनको भनाई थियो ।

स्थानीयस्तरमा युवा सञ्जालले गरेका सामाजिक कार्य हेर्दा साच्चिकै लोभ लाग्दो देखिन्छ । कार्यक्रम सञ्चालित गाविसका अधिकाँस युवाहरु सञ्जालमा संगठित भएका छन् । उनीहरु हरेक वर्ष वातावरण दिवसको अवसरमा वृक्षारोपण गर्दछन् । उनीहरुको मुख्य उद्धेश्य गाविसस्तरमा युवाको सहभागीता बढाउने र युवालाई विदेश जानबाट रोक्नु पनि हो । साविकको बासी गाउ बाल सञ्जालका अध्यक्ष उपेन्द्र बुढा भन्छन् कार्यक्रमले युवाहरुमा नेतृत्व विकास गरेको छ भने अर्काेतिर गाउमा काम छैन भनेर विदेश जानेहरुको लागी युवाहरु उदाहरणीय पनि बनेका छन् ।
विहे वारी २० वर्ष पारी भन्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको मुख्य रणनीतिलाई सहयोग गर्न संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । अहिले सबै भन्दा जोखिममा महिला तथा बाल वालिकाहरु छन् । त्यसको मुख्य कारण बाल विवाह र वहुविवाहले नै गर्दा हो । त्यसैले यस्ता विकृति विरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य भएको थापाको भनाई थियो । उनले थपे, महिला तथा बालबालिका सँग सम्बन्धित कुनै घटनाहरु भए संस्थाको निशुल्क टेलिफोन सेवामा सम्पर्क गर्न सकिनेछ ।
समुदायका महिला, बालबालिका तथा युवाहरुको कार्यक्रमले क्षमता विकासमा सहयोग गरेकोमा खुशि व्यक्त गर्दै एइआइएन लक्जेम्बर्गका नेपाल संयोजक रमेश तोयानाले भने आगामी दिनमा विपन्न समुदायको जिवनस्तर सुधारका लागि आय आर्जनका कार्यक्रम पनि सञ्चालन गर्न सकिनेछ । एइआइइएन लक्जेम्बर्गका कार्यकारी निर्देशक फ्रान्स वास, नेपाल कोअडिनेटर रमेश तोयाना टिडिएच जर्मनी नेपालका डिपुटी कोअर्डिनेटर मोनी श्रेष्ठ लगाएत कार्यक्रम तथा संस्थाका प्रतिनिधिको सहभागीतामा साविकको विन्दावासीनी, भैरीकालिकाथुम, बाँसी र बडाखोला गाविसमा अनुगमन गरिएको थियो ।

प्रतिक्रिया