ढुंगा प्रहार गरी नेविसंघ नेताको हत्या

ढुंगा प्रहार गरी नेविसंघ नेताको हत्या

१६ चैत, काठमाडौं । भेरीमालिका-३ जाजरकोटका कांग्रेस युवा नेता रवीन्द्र शाहको हत्या भएको छ । शाहको हत्या बिरोधमा नेबिसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । शाहको जाजरकोट जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच-छ जनाको समूहले घेरा हालेर गएराति ढुंगा प्रहार गरी हत्या गरेको थियो । सो समूहले आक्रमणपछि भिरबाट दुई सय मिटर तल खसाइदिएको थियो । शाह नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

प्रहरीले चार-पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जानकारी आफूहरुले पाएको नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

प्रतिक्रिया