सूचनाले सचेतना दिन्छ ः शर्मा

सूचनाले सचेतना दिन्छ ः शर्मा

निमित्त जिल्ला शिक्षा अधिकारी भीमप्रसाद शर्माले सूचना र सञ्चारले समाजमा सचेतना फैलाउन सहज हुने बताएका छन् । डुङ्गेश्वर गाउँपालिका १ नं. वडा बेलपाटा र २ नं. वडा कार्यालय लाँकुरीको सहयोगमा बालअधिकार चेतना समूहको आयोजनामा दैलेख सदरमुकाममा भएको बालबालिकाका लागि भित्ते पत्रिका प्रकासन तालिमको उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेकाहुन् । Wall Megagin Insec
त्यस बखत निमित जिल्ला शिक्षा अधिकारी शर्माले तालिममा सिकेको सीपबाट बालअधिकार चेतना समूहले प्रकाशन गर्ने भित्ते पत्रिकामा जिल्ला शिक्षा, विद्यालय अथवा समाजका वरपर भए गरेका विकास र स्थानीय समस्या उजागर गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष नमनकुमार शाहीले बालबालिकाले नै पत्रकारिताको आधारभूत ज्ञान, सीपले विद्यार्थी आफैलाई लेखन सीपमा समेत सघाउने विश्वास व्यक्त गरे । अध्यक्ष शाहीले वडा कार्यालयले बालबालिकाका लागि भित्तेपत्रिका लेखन तालिम चलाउन श्रोत दिएबाट सञ्चार मैत्रीव्यवहार गरेको भन्दै सह्राना गरे ।
कार्यक्रममा डुङ्गेश्वर गाउँपालिका १ नं. वडा बेलपाटाका वडा सचिव तिलक कार्की र २ नं. वडा कार्यालय लाँकुरीका सचिव निर्मला केसी, सरस्वती माविका शिक्षक हेमकुमार लामिछाने, बालअधिकार चेतना समूह लाँकुरीका अध्यक्ष, बालअधिकार चेतना समूह बेलपाटाकी अध्यक्ष अनिता लामालगायतले तालिमको महत्वबारे बोलेका थिए ।
भित्तेपत्रिका लेखन तालिममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता पत्रकार अमर सुनार, नेपाल पत्रकार महासंघका अध्यक्ष नमनकुमार शाही, पत्रकार ज्योति कटुवाल र हिक्मत नेपाली सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया